मन्त्रीपरिषद्को निर्णय सार्वजनिक

काठमाडौं : गत बिहीबार १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

आज सोमबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता समेत रहेका पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

प्रवक्ता गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

त्यस्तै , नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक संरचना स्तरोन्नति गर्नका लागि विश्व बैंकबाट उपलब्ध गराउने करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ ।

बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजना अन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल ९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने , नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने , झापा,मोरङ,सुनसरी,सिरहा,बारा,सर्लाही,नवलपुर,गोरखा,नवलपरासी,कपिवस्तु,बाँके,बर्दिया र कैलाली जिल्लाका १९ स्थानमा विद्युतीकरण विस्तार तथा चुहावट न्यूनिकरण आयोजनाअन्तरगत ३३/११ केभी सवस्टेसन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ !

Scroll to Top