मर्यादाक्रम अनुसार कर्मचारीहरूको तलबमान निर्धारण गर्न सर्वोच्चको परमादेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

१६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न आदेश भएको हो ।

सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ । आदेशको लिखित रुप भने तयार भइनसकेको जानकारी दिएका छन् ।

Scroll to Top