मसिने, नागढुङ्गाबाट ग्रावेल लोड गरिएको ५ ओटा गाडी नियन्त्रणमा

चन्द्रागिरि (काठमाडौं) । चन्द्रागिरि नगरपालिका वडा नं २ मसिने , नागढुङ्गाबाट हिजो राति ग्रावेल लोड गरिएको ५ ओटा गाडी थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ !

प्राप्त सूचना अनुसार चेकजाँचका क्रममा शंका लागी चालकहरूसँग सोधपुछ गर्दा आवस्यक कागज पत्र नभएको तथा लोड गरिएको सामान कहाँ लान खोजिएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ !

Scroll to Top