महिला विकास समितिले वडा नं १० मा तीज विशेष कार्यक्रम गर्दै

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीज २०८१ को उपलक्ष्यमा चन्द्रागिरि १० मा विशेष कार्यक्रम हुने भएको छ ।

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा यही भाद्र १५ गते शुभकामना आदान प्रदान तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस हुन गइरहेको छ !

सोही क्रममा वडा स्तरीय महिला विकास समितिको आयोजनामा वडा नं १० लाछी टोलमा भाद्र १५ गते बिहान १० बजेदेखि तीज विशेष कार्यक्रम हुन लागेको वडा अध्यक्ष शिवकुमार महर्जनले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा १० नं वडाभित्र रहेका सम्पूर्ण महिला समूह, विभिन्न संघ संस्थामा आवद्ध महिलाहरू तथा वडामा बसोबास गर्ने महिला दिदी बहिनीहरूलाई निमन्त्रणा गरिएको अध्यक्ष महर्जनले बताए ।

Scroll to Top