मातातीर्थ खानेपानीले वितरण गरिरहेको धाराबाट लेदोसहित धमिलो पानी

काठमाडौं । चन्द्रगिरि नगरपालिकाको (साबिक था. महादेवस्थान गा.वि.स.) लाई कार्य क्षेत्र बनाएर संचालनमा रहेको “मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समिति”ले वितरण गरिरहेको धाराबाट लेदोसहितको धमिलो पानी आएको छ !

प्राप्त जानकारी अनुसार आज बिहान उपभोक्ताको घरघरमा लेदोसहितको धमिलो पानी आएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं ६ महादेवस्थानमा कार्यलय रहेको समितिले वितरण गरेको धाराबाट लेदोसहितको धमिलो पानी आएपछि सम्बन्धीत उपभोक्ताहरूले गुनासो गरेका छन् !

पानीजस्तो अति संवेदनशील विषयमा खानेपानी उपभोक्ता समितिले लेदोसहितको धमिलो पानी वितरण गरेपछि उपभोक्तामाझ आक्रोश पैदा भएको छ ।

अहिले ठाउँ ठाउँमा हैजाको प्रकोप बढिरहेको छ । यस्तो बेला जनस्वास्थ्यमा गम्भीर असर पर्नेगरी समितिले लापरबाहीपूर्वक यस्तो धमिलो खानेपानी वितरण गर्नु कत्तिको सही छ ? एक स्थानीय आक्रोस पोख्छन् !
यस विषयमा मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।

Scroll to Top