मातातीर्थ, चखेल देउराली सडक पनि बन्द

काठमाडौँ । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने मातातीर्थ, चखेल देउराली सडक र कान्ति लोकपथ बन्द भएको हो ।

शुक्रबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान ७ बजेको समयमा मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल र देउराली जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरो हटाएर बाटो सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी चौकी फखेलबाट प्रहरी टोली खटिएको छ । 

Scroll to Top