मानव सेवा फाउण्डेशनद्वारा काठमाडौंमा विशाल ट्याक्सि र्‍यालीको आयोजना

काठमाडौं । आज श्री मानव सेवा फाउण्डेसनको आयोजनामा काठमाडौंमा विशाल ट्याक्सी र्‍यालीको आयोजना सम्पन्न भएको छ ।
पशुपतिमा यही साउन १ गतेदेखि हुन लागेको विशाल पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्याको अवसर पारेर आज दिउँसो काठमाडौंमा ट्याक्सी र्‍यालीको आयोजना गरेको श्री मानव सेवा फाउण्डेसनले जनाएको छ ।
इतिहासमै पहिलो पटक हुन लागेको विशाल कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण, सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास, शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोडनको लागि साथै विश्व कल्याणको कामना गर्नको लागि महायज्ञको पूर्वसन्ध्याको अवसरमा ट्याक्सि र्‍यालीको कार्यक्रम आयोजना गरिएको र्‍याली संयोजक तथा मानव सेवा फाउण्डेसनका व्यबस्थापक सन्तोष भुषालले जानकारी दिएका छन् ।
भगवान पशुपतिनाथको प्रङगणबाट सुरु भएको उक्त ट्याक्सि र्‍याली चाहवेल–सुकेधारा–बसुन्धारा–सामाखुशी–गंगवु–नयाँबसपार्क–बालाजु–बनस्थली–सानो भर्‍याङ–ठुलो भर्‍याङ– स्वयम्भु– कलंकी बल्खु–एकान्तकुना – सातदोबाटो–ग्वार्को– तीनकुने–एयरपोर्ट हुँदै पुनः पशुपतिमा पुगेर समापन भएको थियो ।
मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यही साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना हुँदैछ ।

Scroll to Top