मोमिलाको “प्रश्नहरू त बाँकी नै रहन्छन्…”को लोकार्पण सम्पन्न

विमुक्ति-समारोह नाम दिइएको लोकार्पण कार्यक्रम पृथक शैलीकै थियो । कवि महेश पौडेलको संचालन लोभलाग्दो । उनले बोलाए प्रमुख अतिथि उपल्लो लोकका एरिस्टोटललाई । यता धर्तीका एरिस्टोटल बने एल. बि. क्षेत्री । कोही बादशाह आएको भए हलमा प्रवेश अनुमति निषेध सुनाइयो ।

सर्वनाम थिएटरको मञ्च अघिल्तिर स्वनामधन्य आधा दर्जन बढि लेखकहरूले निबन्ध कृति लोकार्पण गरेपछि मञ्चको मध्यभागमा राखिएको कठघरामा बसिन् मोमिला । किनाराका साक्षी बने सावित्री कक्षपति र केशव सिग्देल । महेशका संगीन प्रश्नमा तीन जनाको जवाफी समीक्षा सहित लेखकको मन/मत सुन्दै सम्पन्न भयो विमुक्ति-समारोह।

आफ्नो पहिलो निबन्ध सङ्ग्रह ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ मार्फत नेपाली निबन्ध फाँटमा बलियो उपस्थिति जनाइसकेकी मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ आत्मपरक निबन्धहरूको संग्रह हो । कार्यक्रम नेपाली कला साहित्य डटकम र संग्रहको प्रकाशक पेज टर्नरको संयुक्त आयोजनामा भएको थियो ।

Scroll to Top