मौलिक सिपमा आधारित व्यवसायलाई अनुदान दिँदै चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई यसपटक पनि अनुदान वितरण गर्ने भएको छ ।

माैलिक सिपमा आधारित व्यवसाय प्रवर्द्धन तथा अनुदान कार्यविधि-२०७९ बमोजिम विभिन्न २२ प्रकारका व्यवसायहरूका लागि नगरले अनुदान वितरण गर्ने कार्यक्रम स्वीकृत भएको नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार परालको चप्पल, सुकुल, गुन्द्री, गलाैंचा बुन्ने, काष्ठकला, डोको, थुन्चे, डालो, नाङ्लो, सोली, ढकी, कोक्रो, पेरूङ्गो, मुढा बुन्ने, दुना टपरी गाँस्ने लगायतका व्यवसायसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूका लागि अनुदान वितरण गर्न लागिएको हो ।

अनुदान प्राप्तिका लागि यहि मंसिर ३० गतेभित्र सम्बन्धित वडा मार्फत नगरपालिकामा निवेदन पेश गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरले यस भन्दा अघि अनुदान प्राप्त गरिसकेका अनुदान ग्राहीहरूले चालु आवमा निवदेन पेश गर्न नपाइने सबैमा सूचित गरेको छ ।

Scroll to Top