युरो कपको फाइनलमा इङ्गल्यान्ड र स्पेनको भिडन्त

काठमाडौं । इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । यो दोस्रो पटक युरो कपको फाइनलमा पुगेको हो । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो ।

नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए । 

तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।

Scroll to Top