रहेनन् प्रसिद्द साहित्यकार विश्वम्भर

काठमाडौं ।

प्रसिद्द साहित्यकार विश्वम्भर चञ्चलको निधन भएको छ ।

उहाँको हिजो सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षीय चञ्चलका केहिअघि मात्रै “बाँचेको युग मरेका मान्छे” इन्मेरिका (नियात्रा सङ्ग्रह) प्रकाशित भएको थियो। विक्रम सम्वत् १९९८ साल जेठ २९ गते धर्मस्थली, महाङ्काल, काठमाडौंमा जन्मेका चञ्चल बिसको दशकमा कविता विधा मार्फत साहित्यमा प्रवेश गरेका थिए ।

कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि कथा विधामा उनको अतुलनीय योगदान रह्यो । बालसाहित्यमा समेत प्रशस्त कलम चलाएका उनले लेखनको उत्तरार्धमा संस्मरण, यात्रा संस्मरणलगायतका अन्य विधामा समेत कलम चलाएका थिए ।

अनुवाद र सम्पादनमा समेत कृयाशिल साहित्यकार विश्वम्भरको देहावसानले नेपाली साहित्य जगतमा ठूलो क्षति पुग्न गएको उनका दौंतरी तथा वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठले बताए । विश्वम्भर चन्चलका प्रकाशित कृतिहरु : अतृप्ति कथा सङ्ग्रह (२०२६), विश्वम्भर चञ्चलका कथाहरु (२०३३), जीवनवृत्त (२०४०), युध्द भड्किरहेछ (२०४७), अनामनगर (२०५४), गन्तव्यहीन दिशाहीन (२०५७) लगायत रहेका छन् ।

त्यस्तै, यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका आदि रहेका छन् ।

बालसाहित्यमा टमको बहादुरी (बाल उपन्यास, २०३०), पञ्चैवाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत सङ्ग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा सङ्ग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चीं बिरालो म्याउँ (बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवि (जीवनी, २०५५), लगायतका कृतिहरू रहेका छन् ।

Scroll to Top