राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ ।

गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन् ।

Scroll to Top