राप्रपाले युवा कविता प्रतियोगिता गर्ने

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले यहि पुस २७ गते युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

४० वर्ष मुनिका युवा कविहरुले मात्रै भाग लिन पाउने सो प्रतियोगिताका निम्ति कविहरुले पुस १५ गतेसम्म आफ्नो रचना पठाउन सक्नेछन् ।

उक्त कविता प्रतियोगितामा प्रथम हुनेले १,००००० (रु एकलाख) दोस्रो हुनेले ५०,००० ( रु पचास हजार) तेस्रो हुनेले २५,००० ( रु पच्चीस हजार र अन्य तिनजनाले १०,००० , १०,००० हजार पुरस्कार पाउने छन् ।

पुरस्कृत कविताहरु पुस २७ गते भृकुटीमण्डपमा आयोजना हुने विशेष कार्यक्रममा स्वयं कविहरुले नै वाचन गर्नुपर्ने बताईएको छ ।

Scroll to Top