राष्ट्रिय कविता महोत्सव २०८१ का लागि छानिए २५ कविता

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय कविता महोत्सवका लागि देशभरबाट विभिन्न भाषामा लेखिएका २५ कविका २५ कविताको अन्तिम सुची सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औं वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव यहि असार ९ गते प्रज्ञा भवनमा हुन लागेको हो ।

पूर्वप्रकाशित सूचना अनुसार प्राप्त भएका कविताहरुमध्ये मूल्यांकन समितिको मूल्यांकन अनुसार २५ कविता छनौट गरिएको प्रज्ञाले जानकारी दिएको हो ।

आयोजकका अनुसार प्राप्त कविताहरुको वाचन प्रत्यक्ष स्वयं कविहरुले कार्यक्रमका दिन गर्नेछन् भने भौतिकरुपमा उपस्थित हुन असमर्थ कविहरुले वाचन गरिएको कविताको भिडियो रेकर्ड ईमेलमार्फत असार ८ गते शनिबार ३ बजेसम्म पठाउनुपर्ने जानकारी दिइएको छ ।

महोत्सवका लागि छानिएका कविहरुमा , अग्र आवाज – बर्दिया , अनिता न्यौपाने – मकवानपुर , अन्जान प्रदीप – नवलपरासी , आङ्डेन्डी शेर्पा – भोजपुर , आजाद क्षेत्री – अछाम , ओमप्रकाश शर्मा “घायल” – पर्वत , छविलाल कोपिला – दाङ , दिलिप बुढामगर – रोल्पा , नारायण प्रसाद भण्डारी – पाल्पा , पागल यात्री – काठमाडौं , प्रतापसिंह राई नाछिरिङ – खोटाङ , प्रेमप्रकाश सापकोटा – धनगढी , मनिषा जोशी – दार्चुला , रुदाने चेत – कालिकोट , रुमानी कुलुङ – मोरङ , रुपक जमरा घलान – सिन्धुली , रेजिना खालिङ – सोलुखुम्बु , शर्मिला दुलाल – ललितपुर , शुभचन्द्र राई – खोटाङ , श्रीभवानी नेपाल – सुनसरी , सरला क्षेत्री – रौतहट , सिजन श्रेष्ठ – सङ्खुवासभा , सुमन सहयात्री चोङहाङ – पाँचथर , सुवास वाङ्देल ईलाम र हेमन्त शिशिर अछाम रहेका छन् !

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सव नेपालको प्रतिष्ठित प्रतियोगितात्मक महोत्सव मानिन्छ ।

यद्यपि , यस प्रतियोगिताको निष्पक्षतामाथी बेलाबेलामा विवाद देखिने गरेको छ ।

Scroll to Top