लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

काठमाडौँ । बिल नभएको औषधि फार्मेसीमा भेटिएपछि ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ ।
विभागको टोलीले २३० थान बिल नभएको औषधी बरामद गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Scroll to Top