लाल पूर्जा : एकसय पच्चिस बर्षमा

भक्तपूरको सनसिटि अपार्नेण्ट्बाट सुरु भएको यात्रा

देख्दा सरल लागेपनि निक्कै कस्टकर महसुस गरिरहेको थिए तरपनि मनमा कताकता औधि खुशिलागिरहेको थियो पूर्खौपुर्खादेखि हाम्रो पुस्तासम्मको अन्नदाताका प्रीय सन्ततति श्री महेस राज दहाल र दिनेशराज दहाल ज्यू अनि उहाहरूकि धर्म पत्नी श्री निर्मला र सन्जु ज्यूकोसगको यात्रा कल्पनासम्म नगरेको म आज उहाहरूलाइनै लिएर यति लामो यात्रा तय गर्दैछु !!

मुसलधारेपानीले सिन्धुलिको बाटो पखालेर सुन्दर बनाएको थियो ..मेरो लागि नया सडक नया कार मान्यजनहरूको साथमा यात्रा .. लाग्थ्यो यो कुनै परिक्षा भन्दा कम थिएन …सनसिटिबाट सुरु भएको यात्रा भक्तपूरको सल्लाघारि चौकमा गएर मिसियो सागा हुदै बनेपा पुगियो मेरो लागि त्यो बाटो बिल्कुलै नया भएर पनि खासै कहा बाट सिन्धुलिको यात्रा बनेपाबाट छुटिन्छ पत्तो थिएन .जब सिन्धुलि तिर मोडिनुपर्ने म काभ्रेतिरै सोझिएछु .. कान्छि भाउजुहजुरले बाबू त्यता हैन हामिले सिन्धुलि मोडिनुपर्ने हो यता हैन भनेपछि कार घुमाएर सिन्धुलि तिरै मोडिए .सुनेको थिए सिन्धुलिको बाटो सफा र चिल्लो छ तर बनेपाबाट मोडिएपछि झनै खराब लाग्यो खाल्डाखुल्डि छिचोल्दै यात्रा अगाडि बढाइ रहे …नाम सुन्दा लाग्थ्यो श्री प्रशादका नाति रबाफै खरो होला म जस्तो रैतिलाइ मान्छेनै नसोच्लान् झनै ठूलो घरनाका बुहारि ज्यूहरूको सान कत्रो होला रबाफ कत्रो होला लैजान्छु त भने कसरि लैजानु होला होटलमा चिया नास्ता खादापनि अलग्गै अलिक परै बस्नुपर्ने हो कि पानी पिउनुपर्यो भनेपनि गाडि रोकेर आफू अलिक पर सरेपछि मात्रै पिउनु हुनेहोकि यस्तै यस्तै कुराले मनमा डर भय पैदा गरेको थियो … जब उहारू गाडिमा बिराजमान भएर हिढ जाउ भन्ने संकेत गर्नु भयो .. मेरा हात गोडाले खासै काम गरिरहेका थिएनन् ..

यात्रा सुरुभएको केहि समयमानै थाहा भयो कि उहाहरू बिल्कुलै फरक हुनु भएछ उहाहरूमा हामि श्री प्रसाद्का नाति भवानि प्रसादका छोरा हैनौ कि एक सर्वसाधारण परिवारमा जन्मिएर नर्मल जिवन बिताउदै आइरहेका छौ …

सुनेको थिए फलेको हागो नुहिन्छ हो र रहेछ उहारूको ब्यबहार देख्दा बिस्वास लाग्यो उहाहरूसगको यात्रामा धेरै कुरा सिक्ने अबसर मिल्यो …

मुसलधारे पानीको हिर्काइ नया बाटो नया अनुभव नया परिवेश तर गाडिको रफ्तार सगै उहाहरूको मिठास यूक्त बोलि मानौ हामि एक्कै घरपरिवारका सदस्य थियौ….

करिब 3 बज्दो हो हामि सिन्धुलिको यात्रा सकेर बर्दीबास पुग्यौ .. जब मलाइ लाग्यो अब हामि सकुसल धरान पुग्नेछौ .. पानी हल्का परिरहेको थियो काठमाडौ काकडभिट्टा सम्मको यात्रा हजारौपटक गरिसकेको म बर्दिबास देखि धरान खासै असजिलो हुनेकुरै भएन . उहाहरूले पहिलेपनि यात्रा गर्दा खाजा खाने गर्नुभएको होटल मौलिमापुगेर गाडि रोक्न लगाउनु भयो अनि मलाइपनिभन्नु भयो आउबाबू यहा गज्जबले मासु बनाउनु हुन्छ मासु चिउराखानुपर्छ .. मैलेपनि उहाहरूको बिचारमा सहमति जनाउदै हुन्छ भनेर गाडिबाट ओर्लिए ..

भाउजुहरूपनि निकै भोकाउनु भएछ सायद साच्चै लोभै लाग्नेगरि मिठो मानेर खानु भयो उहाहरूले खानु भएको हेरेरै म अघाए साच्चै मिठो हुनुपर्छ ..बडो स्वादिलो मान्दै खानु भयो .. मैलेपनि घरमा ठूलो दाजुभाउजुलाइजानकारि गराए म मौलिमा आइपुगेर खाजाखादै छु सकभर भोलि नत्र पर्सिबिहान खाना खानेगरि हामिमादि आइपुग्नेछौ …

खाजा खाइसकेर यात्रा सुरु गरियो .. धरान पुग्दा बेलुकाको पाच तिस बज्दै थियो …सानु मालिक घोपा क्याम्पमा कार्यरत हुनुहुदो रहेछ ठूलो मालिक सानु मालिक अनि भाउजुहरू क्वाटरमा।बस्नु भयो मलाइ क्याम्पभित्रै रहेको गेस्ट हाउसमा गएर आराम गर्ने अनुमति दिनु भयो …. म आराम गर्न गेस्टहाउसको बेडमा गए लाग्यो कतै बिदेशमा।पो छु कि रूम सफाएसि भएको अनि गद्द्दा उस्तै बाक्लो अबेलासम्म निदाउनै सकिन..त्यहि धरानमा कुनै समयमा नाङ्गेझार भएको बटुवा आज आएर यस्तो आनन्दित तवरले बिस्तरामा निदाउन पाउदा के निन्द्रा लाग्नु र…..

भुइमा उज्यालो नखस्दै गेस्टहाउसबाट बाहिर निस्किएर धरान बजार नियाल्न थाले उहाहरू बिशेश कामले बिराटनगर सवारि हुनुभयो म बबुरो यता उता टहलिदै समय बिताए .. .. साझ पर्दै थियो ठूलो मालिक्ले फोनगर्नु भयो बाबू तिमि कता हो हामि बिराटनगरबाट फर्किदैछौ .. एउटा गाडिको कुरा गरेको थिए भरे लिन जानु पर्छ चाडै क्वाटरमा आउ है ….

मैले भने हवस हजुर म भोटेपूलबाट फर्किदैछु .. किन कि म भोटेपूल देखि केहि तल मेरो माइलो भतिजको घरमा गएको थिए उनि आर्मिको सुबिदार पदबाट अबकास भएर घरमै बसिरहेला थिए ..साहित्यमा अत्यान्तै दखल राखे प्रीय भतिजलाइ कवियत्री कृष्णकला वनेम र मेरो रचनात्मक कृति सपनाको शहर दिएर फर्किदै थिए …एउटा साहित्य प्रेमिलाइ साहित्यनै उपहार दिदा बढो आनन्द हुने रहेछ …

भतिजबाट छुटेर हतार हतार घोपा क्याम्पमा रहेको सानु मालिकको क्वाटरमा पुगे …त्यहा पुग्नु अगावै ठूलोमालिक र गाडिवालासग क्वाटरमै गाडि ल्याउने सहमति भएछ …

सो अनुसार गाडिलिएर आए .. ठूलो मालिकले भन्नु भयो गाडि चेक गर है चलाएर हेर्नु कस्तो छ कन्डिसन् गाडिको तिमि त पूरानो मान्छे अनुभब होला नि …

उहाको आदेशको पलना गर्दै गाडि चेक गरे टायर मेरो तालुजस्तै चिल्लो देखेर अड लाग्यो तर बाध्यता थियो कि त रिजर्भ गर्नु पर्यो नत्र तेल मात्रै राखेर यहि गाडिमा सवार गर्नु थियो …मनले नमानिनमानि त्यहि गाडिमा सवार गर्ने निधो गरे . मनमा डर त्रास छदै थियो गाडि खासै कन्डिसनको लागेको थिएन तर मलाइ बिस्वास थियोकि सानु तिनो खराबि निस्कियो भने आफै ठिक गर्न सक्छु ….

बिहान छ बजे हिडिसक्नुपर्छ भन्ने आदेश ठूलो मालिकबाट भयो ..मलाइपनि कहिले जन्मभूमिदाजु भाउजुको पाउ छुन पाउला जस्तै भएको थियो मनमा हर्स त कति हो कति .पुस्तौपुस्तादेखि खनिखोस्रेको साहुको माटो आफ्नै बनाउने अठोट बोकेर हिडेको म जति सक्दो चाडै मादि पुगेर सकभर आदा आदि काम भोलिनै सक्न पाए अलिक मन हलुङ्गो हुनेमा बिस्वस्त थिए..गाडि लिएर तेल भर्न भोटेपूल नजिकैको पेट्रोल स्टेसनमा गए तेल फूल गरे 3हजारको तेल्ले ट्यान्कि भरियो ..गाडि चलाएर हेरे खासै असजिलो लागेन पनि ..कहिले उज्यालो होला र बाटो लागौला बास यतिनै थियो मेरो मानसिकतामा .. भगवान समक्ष प्रार्थना गरिरहेको थिए हे भगवान यस्पालि कोहि कसैले बाधा नगरोस् है मेरो कार्यमा जसरिपनि पूर्खाले रगतपसिना चुहाएको माटो आफ्नो बनाउनुछ सदियौ देखि पूर्जा बिहिन मेरो दाजुभाइको हातमा पूर्जा थमाउनुछ कि अबका दिम हरूमा मेरो दाजुभाइ सुकुम्बासीबाट बाहिर निस्किनु हुनेछ .! रातैभरि खासै निन्द्रा परेन कति बेला उज्यालो होला अनि यात्रा सुरु गरौला … सवारि चलाएको बर्षौ भएपनि धरान देखि मादिसम्मको यात्रा पहिलो थियो कहिले कसो यात्रा गरेको भएपनि सवारि चलाएर गएको थिइन … मालिक मालिक्नि ज्यूहरू पक्कैपनि हमकारि नभएकोले यात्रा सहरज र सरल हुनेमा ढुक्क थिए … उज्यालो भयो सानुमालिकको क्वाटर अगाडि गाडि लगेर रोकिदिए अनि कहिले छ बज्ला र सवारि हुनुहुनेहोला भन्दै प्रतीक्षा गरिरहे … छ तिस बज्यो अनि उहाहरू सवारि हुनु भयो..

मैले झोलाहरू मिलाएर राखिदिए ठूलो दाजु अगाडिको सिटमा बिराजमान हुनुभयो .. सानु दाजु ठूलि भाउजु सानि भाउजु पछाडिको सिटमा बिराजमान हुनु भयो … क्लज ब्रेक स्टेरिङ्ग ढोगेर यात्रा सुरु गरे गाडि भानुचौक तिर मोडियो… खालि पेट चक्कर लाग्ला हजुरहरूलाइ भोक लाग्यो होला … भेडेटार पुगेर चियापानी गरेर बाटो लागौला हुन्न हजुर …

मेरो कुरामा सहमति जनाउदै सानु मालिकले भन्नु भयो ल ल म फोन गरेर तयारि गर्न।लगाउछु…हामि सबै खुशि भयौ ..भेडेटारको चिसो सिरेटोसगै चिया कफि अनि तातो तातो पुरि सब्जि आहा …

भेडेटार पुग्नु अगावै धेरै उकालिहरू अनि साघुरासाघुरा मोडहरू प्रसस्तै लच्काहरू भएकोले साबाधानि अपनाएर यत्रा अगाडि बडाए ……

धरान्बाट छुटेको करिब 20 मिनेटमा भेडेटार स्थित अरून बहयाल्लि नामक होटलमा पूगेर ओर्लियौ …धरान देखि अर्डर गरेको भएर हामि ढुक्क थियौ पक्कैपनि तयारि भैसक्यो होला … जब त्यहा पुगियो आलु उसिनेर तास्न लाग्नु भएको होटल मालिकले हतार् हतारमा कफि बनाउदै भन्नु भयो ..ओहो कति कुदाउनु भएछ गाडि बिस्तारै आउनुभएको भए तयारि भैसक्थ्यो …खैर केहि छैन कफि पिउदै गर्नुस् म पूरि तयार गरिहाल्छु .. करिव पैतालिस मिनेटपछि तयार गरेर ल्याउनु भयो तर आलु काचै थियो …

मिठो मान्दै खाएर बाटो लागियो….धरानमा बिहानै गर्मि महसुस हुदै तहियो भेडेटार आइपिग्दा चिसो चिसो मैसम अनि मनोरमा दृश्य आहा .भेडेटार हुदै ओरालि लागियो तम्मर नदि तरेर फेरि उकालो सुरु भयो ठूलो मालिक भन्दै हुनुहुन्थ्यो हे र भाइ हामि पहिले पहिले मादिबाट पैदल यात्रा गर्दा थकाइ मारेको चौतारि अझै रहेछ …बाटो चाहि अलिक चौडा भएछ .. उ बेला ज्यान पातलो थियो यो ओरालो उकालो हिढेर हैन कुदेर पार गरिन्थ्यो… ठूलो मालिकको कुरा सुनेर सबैजना एक्छिन हास्नु भयो अहिले घर छेउको पसलमा गएर एकपोका दुध ल्याइस्यो भन्यो भने

वा स्वा हुने मान्छेले ओरालो उकालो कुदेर पार गर्थे रे …..

हो अलाइ पनि हाजकरो मनौ एउटैघरको परिवार सरह यात्रा मा उखान तुक्का भन्दै रमाउदै गरेको यात्रामा कति चाडै हिले पुगिएछ पत्तै भएन .. सानुमालिकको चिनजान भएको होटलमा खाना बनाउन लगाउनु भएको रहेछ तर त्यहापनि खाना तयार भैसकेको रहेनछ

एउटा पासो थापेको कार रहेछ सडक छेउमा

कसैको ज्यान पाल्ने आधार रहेछ सडक छेउमा

नछुदै तिम्रो गाडिले छोयो भनेर इल्जाम लगाए

सोझा सिधा अलपत्र बनाउने ब्यपार रहेछ सडक छेउमा !!

((२))

तिन हजारले टाल्न पुग्थ्यो नौ हजारको माग गरे

दुइचारवटा मुखहरूले कति कति पो भाग गरे

ठगेर खानेको जमात रहेछ मिलाएर भाग लगाए

फोनमा कुरा मिलाएझै आफ्नै समस्य समाधान गरे !!

खाना।खाइसकेर फेरि यात्रा सुरुभयो ठाउठाउबाट गहरमा दाजु भाउजु हरूलाइ खबर गर्दैथिए अब आइपुग्छौ है केहि घन्टामा ..दाजु भाउजु भाइहरू निक्कै खुशि भएको आभास हुन्थ्यो कि पक्कैपनि यस्पालि काम हुने भयो … अब हामि सबैको हातमा एउटा एउटा कागज पर्ने भयो …धन्न साइलाले सगै लिएर आउदैछ …..

हुनपनि हामि सबैखुशिनै थियौ लिनेदिने दुबै ठूलो मालिक महेस राज दहाल र सानु मालिक दिनेश राज दहाल ज्यूको धर्मपत्नी भाउजुहरूले संखुवासभा नदेख्नु भएकोलेपनि नया ठाउमा जान पाउदा खुशि हुनुहुन्थ्यो मालिखरूपनि मेडमज्यूहरूलाइ जन्मघर देखाउन पाउदा हर्सित हुनुहुन्थ्यो म बबुरो झन दाजुभाइको हातमा जसरिपनि पूर्जा राखिद पाउछु भन्ने निश्चित भएर 44इन्चको छाति 50 हुनु नौलो भएननि ..

हिलेमा खाना खाएर उकालो लागियो खाना निक्कै स्वादिस्ट थियो .तरपनि जी जसरि होटलको बढाइ गरेर खाना अर्डर गर्नुभएको थियो त्यति धेरै प्रसम्सा गर्न लायक चाहि थिएन ….

सिधुवामा पुगेर तेल फूल गरियो मादिमा पेट्रोल स्टेसन नभएका कारण सिधुवामै ट्यान्कि फूलगर्नुपर्ने बाध्यता थियो ..जति उकालो चड्दैगयो उतिनै चिसो चिसो अनुभव बढ्दै गयो धनकुटाको सेरोफेरोमानिक्कै गर्मिमहसुस भएको तनमा हिलेबाट उकालो सुरुभए लगत्तै चिसोमौसम…..

अनि मनोरमा दृस्य .. बर्णन गरेर नसकिने ..तेह्रथुम र संखुवासभाको केन्द्रबिन्दु बसन्तपूर बजार सर्लक्कै परिवर्तन भएको देख्दा खुशिको सिमा रहेन .. जति उकालो चढ्यो उति जन्मभुमिको चुम्बकले तानेझै महसुस भैरहेको थियो .. उता दाजुहरूको फोन निरन्तर बजिरहेको मानौ भाइले सन्सारकै खुशि लिएर आउदैछ …

संखुवासभाको सन्निश्चरे बजार पुगेर ओरालो लाग्नु अगाबै ठूलो मालिकले भन्नु भयो भाइ कृष्ण कुमार दाइलाइ कल गर्ने होकि … वडा कार्यालयमा आइदिनु भयो भने काम अलिक छितोछरितो हुन्छ होला .. उहाको आग्रहलाइ सिरोपर गर्दै फोन लगाए उताबाट उत्तर त आयो तर उत्साह जनक आएन उहा ज्वरो आएर आराम गरिरहनु भएको रहेछ …. उहाको स्वास्थ्यलाभको कामना गर्दै ओरालो झरेको माम्लिङ्ग्मा रहेहो याख्खा चौक पुगेको पत्तै भएन …..

केहि बेरमा मादि राम्बेनि जाने र चैनपुर जाने बाटो छुट्टिने ठाउमाबाट गाडि आफ्नै जनमथलो मादि तिर मोडियो….

मलाइ त असाध्य खुशि लागेको थियोनै मलाइ भन्दा अझ धेरि खुशि मेरो मालिक र मालिक्नि ज्यूहरूलाइ थियो

जन्मभूमि टेक्न पाएकोमा

बर्षौ भैइसकेको रहेछ उहाहरूलेपनि आफ्नो जन्मभुमिमा पाइला नराख्नु भएको … उहाहरूपनि जन्मभुमि पाइला टेक्न आतुर अनि म पुस्तौपुस्ताले रगतपसिना बगाउनु भएको माटो आफ्नै सन्ततिमा फर्काउन आतुर…

मायाखोला तरेर राममन्दिरको दर्सन गरेर हरन् बजाउदै उकालो लागे…भर्खर भर्खर पिच भएको बाटो बर्खायामभएर ठाउ ठाउमा पहिरो खसेर अबरोध भएपनि यात्रा निरन्तर थियो ..केहि बर्ष अघि मात्रै मादिदेखि धरान चल्ने रेसम फिलिलि बस यहि बाट दुर्घटना हुदा मादिका उनहार ब्याक्तित्वहरूको अकालमा ज्यान गएको मोडमा अहिले मन्दिर स्थपना भएछ मृतकहरूको सम्झनामा .. बनाएको मन्दिरले अन्य सवारि चालकलाइ सचेत गराएको रहेछ ..

म स स्वयं सवारि चालक भएरपनि अत्यान्तै भाबुक हुन पुगे .. त्यो मन्दिर नजिक पुगेर मेरो अभिभावक मेरो साथि गुमाएको त्यो मोड ..कसरि भुल्न सक्थे र ….

यात्र बढ्दै गयो .. पुलुङ्ग बजार लेखिएको सैन्बोडमा नयन ठोक्किए..सैनबोर्ड ..झट्ट हेर्दा लाग्यो आहा पूलुङ्ग बजार तर

खासै परिवर्तन भएको रहेनछ .. उहि पूरानो स्कूल अनि पहिलेका घरहरू कर्मचारी बिहिन कार्यलय जस्तै … जे जस्तो भएनि .. आफ्नै गाउघर सुन्दरनै लाग्ने …..

पुलुङ्ग बजार कटेर मुड्केहुदै सिरिसे चौक पुगियो मेरो पूर्खौ देखिको अन्नदाता श्री महेस राज र दिनेश राज दहालज्यूका बुबा आमा स्व श्री भवानि प्रसाद र स्व श्री सान्ता देवि दहालको थात्थलो र उहारू दुबैको जन्मघर सिरिसे चौक देख्दै भन्नु भयो भाइ

गाडिरोक्नु त हाम्रो घर कुरुवा लक्ष्मी यहि रहेछन् भेटेर जाउ ..बरू घर भोलि फुर्सदमा हेर्न आउला निर्मला र रन्जुले साह्रै हेर्न मन गरेकाछन् आ आफ्नो कर्मघर …

सोहि अनुसार सिरिसे चौकबाट नया धाराहुदै मादि ओखरबोटे बजार पुग्नु अगावै पूरानो हस्पिटल स्थितमा रहेको वाडा न पाचको कार्यालय नजिका सडक छेउमा गाडि रोकेर वडा कार्यलाय प्रबेश गरियो तर त्यहाका कर्मचारिको मुहार छिन्भरमै अध्यारो ..मानौ औशिको रात जस्तै ..

हिजो म पर्देशि लाग्दा जन्मिएकै थिएनन् तर आज जागिरे भएको देख्दा खुशि थिए म मेरो गाउले दाइको छोरापनि जागिरे भएको देखेर ..झनै वडा अध्यक्ष ज्यूपनि घरै नजिकैको दाइ वडा सचिब अझै नजिकको दाइ .मैले सोचे उहाहरूपनि मजतिकै खुशि हुनुभयो होला जति म खुसि भए उहारहरूलाइ त्यो अबस्थामा देख्दा …..

तर त्यो गलत रहेछ उहाहरूमा खुशिको बदलामा इर्श्या उत्पन्न भएछ ..सायद कसैले राम्रोसँग कान फूकेको हुनुपर्छ .

मालिकहरूकोपनि केहि कागजपत्रहरू मिलाउनुपर्ने भएर जानकारी गराउन.लाग्नु भयो तर त्यहाका कर्मचारी ज्यूहरूले खासै चासो दिनु भएन बरू तपाइहरूको वडा कार्यालय फरक पर्यो जानुस् आफ्नै वडामा कागजात मिलाउन सजिलो हुन्छ भन्दिए…

दाजुभाउजुसग राम्रोसँग भेट गर्न नपाउदै.. छ नम्बर वडा कार्यलय गएर काम थालौ भन्नु भयो ..ठूलि भाउजु निर्मला र सानि भाउजु सन्जु ज्यूलाइ मादि होटलमा पुर्याएर आराम गर्न अनुरोध गरे .. .केहि सरसामानका ब्यागहरू होटलको रूमसम्म लगिदिएर पून गाडिमा आए अभागिले खाने बेलामा आधिबेरि भनेझै .. जब ठूलो मालिकले लु हिढ अब ….

अब छ नम्बर वाडाकार्यालय जाउ भन्नु भयो म गाडि स्टार्ट गर्न आए त्यहि पल गाउकि बुढि आमा बजार गएर आउदैहुनुहुदो रहेछ …सानु सानुमा म उहाको मेलामा हलो कोदालो गरेर हिड्थे उहालाइ हेट्दा खुशिलाग्यो र केहि फलफूल दिए त्यहि फलफूल झिक्दानै गाडिको जाबि भित्रै परेछ गाडि लक भयो करिव आधा घन्टा जति ढिलो हुदा ठूलो मालिक निकै रिसाउनु भयो ..बल्ल तल्ल चाबि झिकेर गाडि स्टार्ट गरेर मालिकहरूलाइ लिएर पूलुङ्गमा रहेको वाडा नम्बर छ को कार्यालय पुगे … भाउजुहरूपनि मालिकहरूसगै पुलुङ्ग बजार जानु भयो … संयोग कस्तो अनौठो छ नम्बर वाडाका सम्पूर्ण कर्मचारि आखामा राख्दा नबिझाउने हुनुहुदोरहेछ …झनै अध्यक्ष ज्यू श्री धन नारायण तामाङ्ग त नमुना नै लाग्यो …

सम्पूर्ण कार्य छिटोछरितो गरिदिनु हुदा सबैको वाहिवाहि नपाउने कुरै भएन .त्यहाको काम गर्नेतरिका अनि सेवाग्राही प्रतिको कदर आहा .. हजारौ नमन् गर्दापनि कमैहुने ..

यस्ता ब्याक्तित्व दुइचार जना मात्रै हुने हो भने कोहिकसैलाइ

अप्ठ्यारो असजिलो अनि अमर्यादित हुनुपर्ने थिएन हाम्रो अन्नदाता महेश राज दहाल उहाको धर्मपत्नि भाउजु निर्मला दहाल .. दिनेशराज दहाल .. उहाको धर्मपत्नि रन्जु दहालले मात्रै नभएर वाडा नम्बर छमा जोकोहि सेवाग्राहि आएपनि सबैको काम सहजै गरिदिनु हुनेभएर सबैले नमुनाकै रूपा लिनु भएको मैलेपनि महसुस गरे …

मेरो आफ्नै वाडा नम्बर ५ ले नगरेको कार्य छले गरिदिनुहुदा खुशि त लाग्यो नै तर आफ्नै वाडाका कर्मचारिसग भने जिवनभरि नभुक्ने रिस उठिरह्यो …..

बिप्लब कुमार बिस्वकर्माको बोलि अनि व्यबहारमा कति मिठास सिह दरवार गाउगाउमा भएको महसुस गराउनु भयो ….

वाडा कार्यालयको काम लाग्भग सकेर मालपोत कार्यालय चैनपुर जाने तरखर गरियो ..दिनको करिव बाह्र बजे चैनपूकोजानको लागि पुलुङ्गबजार बाट याय्रा तय गरियो ….

चैनपुरको मालपोत कार्यालय प्रमुखको जिम्मेवार पाउनुभएको गाउकै प्रीय भाइ मदन।कुमार कोइरालासग मेरो कुरा भैरहेको थियो उहाले भन्नु हुन्थ्यो दाजु मिल्ने सम्म मिलाउछु पटक्कै चिन्ता नलिनुस है बरू आउनुस् चाडै म हुदै मिलाउनुपर्छ ….

भाइ मदनको कुराले मलाइ ढुक्क थियो यस्पालि काम हुन्छ हुन्छ …

तर पनि सतप्रतिसत ढुक्क भने लागेको थिएन …हामि करिव दुइ बजेतिर चैनपुर बजार छेउमा रहेको मालपोत कार्यालय पुग्यौ ..त्यहा गाउले ज्वाइ श्री गोपाल पौडेल ज्यू हामिलाइ कुरेर सडकमै बसिरहनु भएको रहेछ… मिसिल तयार गर्नको लागि ….

केहि कामहरू त्यहि दिनमा भए केहि बाकि भए ..हाम्रो अन्नदाता श्री महेश राज दहाल ज्यूले आफ्नै घरबारि कित्ता नम्बर 911 को राजेस्व तिर्न भुल्नुभएकोरहेछ

चैनपुरबाट म मादि आउनुपर्ने भएकोले त्यो तिरोतिरेर तिमिले रसिद ल्याउनु र हिजो इमेलमा पठाउनु भएको पत्रपनि आफैलिएर आउनु भन्नु भयो …..

उहाहरूलाइ नापि कार्यालय नजिकै रहेको होटलमा बस्न अनुरोध गर्दै म पून मादि फर्किए….चैनपूरबाट ओरालो ..

तिर्सुलेको घुम्ति हुदै पिलुवा खोला पूलमा सरर हावा खादै राम मन्दिर बाट उकालो लागे करिब पन्द्रलाग्यो मादि ओखरबोटे बजार पुग्न पुलुङ्गबजार पुगेर दाजुभाइ सबैलाइ जेठो दाजु जितेन्द्रको बास्स्थानमा जम्मा हुन आग्रह गरे । दाजुभाइ बसेर केहि विशेष छलफल गर्नु थियो ..

अन्न दातालाइ केहि रकम बुझाउन बाकि थियो अनि पास खर्चकति लाग्ने हो यीनै याथावत बिसयमा ….

ओखरबोटेपुग्दा सबैजना जम्म भैसक्नु भएको रहेछ जबअ पुगे सबैको मुहारमा चमक देखियो पक्कै भाइले चैनपुर बजारबाट सु खबर लिएर आयो ..

गाडि पारिङ्ग गरेर दाजु दाजु भाउजुलाइ ढोग गरे मेरो बुबा आमा पछिको बुबा आमा दाजु भाउजुनै त हो.. चैनपुरमा भएको कुता सबै सुनाए …. भोलि हाम्रो नाममा धनिपूर्जा बन्ने छ अब काम हुने भयो भोलि हामि सातै जना 11 बजेसम्ममा चैनपुर पुगिसक्नु पर्छ …. त्यहा गएर मसग छैन पुगेन भन्न मिल्दैन तपाइहरूसग के कति रकम छ बोकेर हिढ्नु होला पुगनपुग म छदैछु चिन्ता नलिनुस् म यहि कामको लागि लागिपरेको छु जसरि हुन्छ भोलि हाम्रो नाउमा धनिपुर्जा हुन्छ हुन्छ …

हामि छ भाइ एक्न जना काका सहित सात जनाको भगामा४३.. हजार परेको त मुखिया बाला बुझाउने मात्र हो त्यहा लाग्ने अरू खर्चकति हो लेखाजोखा थिएन .. त्यहि ४३ हजारमा पनि कान्छो भाइ कुमार्ले ३० भन्दा दिन सकेन अन्तरेभाइको उपाय केहि थिएन .. अन्तर कान्छो लाइ म छु चिन्ता नगर भन्व्र थपथमाउदै भने दाइ आएको छ पटक्कै चिन्ता नलेउ …

यो कार्यमा बिशेश भुमिका निर्बाह बहन गर्नुहुने दाइहरूश्री कृष्ण कुमार तोलाङ्गि गणेश दहाल कुलमणि दहाल .पबित्रराज कोइरालाप्रति बिशेश बिशेश नमन..

उहाहरूको बिशेश पहलमा आज यो कार्य भएको छ नत्र यति कहा सम्भब हुन्थ्यो र …

अहिले कित्ताकाट् खुलेको छैन पछि खुलेपछि गरौला धेरैमा दुइजनाको नाममा पास गर्न मिल्छ रे बरू सल्लाह गर्नु है ककस्को नाममअ पास गर्ने हो पहिलो कुरा त नामसारि गर्मुनै ठूलो कुरा हो आफ्नोमा आएपछि बिस्तारै गर्दा भैहाल्छ ..सकभर सातैजनाको नाउमा गरौला यदि नमिलेको खन्डमा के गर्ने भन्ने बारेमा यहि बाट तयार भएर जानु पर्छ .. पछि उहा गएर नमिल्दा कामगर्नेलाइ न हुन्छ !

भोलिको निर्णय भोलि गरौला अहिले आराम गर्नुस तर भोलि सिर्फ एक्दिन भएनि कसैले मादक पदार्थ सेवन नगरिदिनु भनेर म खाना खाएर बिस्तारामा गए .. निक्कै रात छिप्पिसक्दापनि निदाउन सकिन .कान्छो भाइ त हट्टा कट्टा छ काम गर्छ उस्को राम्रै ब्यब्स्था छ झापा जिल्लामा एउटा झुपडि भएनि बनाएको छ .. तर अन्तरे भाइ जो पहिल्यै देखि निक्कै दुखि छ धेरै बर्श पर्देशमा बिताएपनि हातलाग्यो सुन्नामात्रै भयो नाबालिका छोराछोरि छोडेर बुहारि नानि अन्तै टापकसिन् अहिले अर्कि नानि ल्यायो तर उपनि भएभरको दाउरासम्म बेचेर माइत गएर बसिन्…

उस्को भागमा परेको ४३ हजार नतिरिदिएर रित्तो बनाउन पनि मिलेन उ त रक्सिमा।नुहाउचु तर छोरा छ एउटा छोराको मुख हेरेर पनि मैले हात झिक्नु हुन्न यस्तै कुरा खेलिरहे …अन्त्यमा मैले सोचे म जेजति पुग्दैन मअ आफै परिपुर्ति गर्छु कुनै भाइलाइ एकपैसा रिन बोकाउदिन .. बरू अझै दुइचार्बर्शको कुरा हो पर्देशमै बसेर बिताउला…

खै कति बेला निदाए नयन खुल्दा बिहानको ५ बजिसकेछ …

हतार हतार उठे अनि भाउजुलाइ खाना अलिक चाढै बनाउन आग्रह गरे हामो चाडै जानुछ दाजुभाइसबैको लागि खाना यहि बनाउनुस हजुर …

भाउजुले खाना तयार गर्नुभयो मलाइ भने भने कति पैसा लाग्ने हो छ न त छ नपुग्नेहोकि भनेर छुट्टै तनाब छदै थियो मसग भएको पैसाले पुगेन भने भरे समस्या आउछ बरू खर्चभएर बच्यो भने के बिग्रीन्छ र यहि कुरामन्न गर्दै भाइ रूपक दहालको पसलमा गए त्यहा केहि थान नागरिको फोटोकपीपनि गर्नु थियो फेरि गोरखा निबासि मेरो आत्मिय भाइ गणेश बाबू श्रेष्ठसग कुरा राख्नु पर्यो मिल्यो र रहेछ भने अलिकति रकम आइएम इ गर्न लगाउनुपर्यो भनेर फोन गरे .. भाइ मलाइ अलिकति पैसा नपुग्ला जस्तो छ के गरौ मेरो बारेमा केहि भनिरहनै परेन मेरो कुरा सकिन नपाउदै ..भाइले भन्नु भयो दाइ कति चाहिहे हो मैले भने पचास भए पुग्छ कि .दाइ पचास हैन एक पठाइदिन्छु है एक्कैछिन् पख्नुस ल .भाइ रूपक छक्क पर्नु पर्नु भयो पचास हजारले नपुग्ला भन्नुभएको थियो उहाले त एकलाख पठाइदिन्छु भन्न भन्नु भयो .जेहोस माने दाइ मैले हजुरको मित्रतालाइ ..मैले भने बाबू रूपक गनेश भाइ मेरो आमाको सन्तान नभएनि हाम्रो मित्रता दाजुभाइको भन्दा फरक छैन जस्तो नाम उस्तै काम र इमान छ गनेश भाइमा ..रूपकको खातामा एकलाख आइसकेछ भाइ रूपकले चेक लिएर हिमालय बैन्कबाट पैसा झिकेर ल्याएर मलाइ दिए म पैसा लिएर दाजुकोमा गए ..

त्यो बेल सम्मा दाजुभाइ काका सबैले खाना खाइसक्नु भएछ .हतात हतार एक्दुइगास च्यापेर . बिहनको ९…४५ बजे मादि ओखरबोटेबाट ओरालो लागियो मेरै छेउमा ठूलो दाजु बस्नु भयो काका माल्दाजु काइलो भाइ बिचमा र पछाडिको दुइटा सिटमा अन्तरे भाइ र कान्छो बसे ..स्कारपियो गाडिमा सिटनै त्यतिनै भएर सब सिट फूल भयो दाजु भाइसबै कुरा गर्दै .. ओरालो झरेको केहि पलमै नयाधारा हुदै पुलुङ्ग बजार पुगियो पुलुङ्गबजार छेउमारहेको वाडा नम्बर छ को वडाकार्यलयमा कार्यरत प्रीय सचिब प्रीय भाइ बिप्लबलाइ भेटेर हाम्रो अन्नदाता महेसराज दहालले भन्नु भएको कित्ता नम्बर 9११ को तिरो तिरेर रसिद अनि पत्र दुबै लिएर निस्किए ….

पूलुङ्गबाट ओरालो झरेको केहि समय नहुदै मायाखोलाको

पूल तरेर तिरतिरेको पूछार पिलुवा खोला तरेर उकालो लाग्यौ ..आजको यात्रा निक्कै उत्साह पूर्ण थियो दाजुभाइहरूमा एक खालको खुशि झल्किरहेको थियो कसैले घर कहा हो भनेर सोधेभने केहि समय बिचार गरेर मात्रै बोल्नुपर्ने अबस्थाबाट पार पाउने आसामा हुनुपर्छ …

एकचिम्टिनै सहि आफ्नो भनेको आफ्नै हो निक्कै खुशि महशुल हुने …

आज हामिलाइ यो धर्तिमा जन्मदिने आमा बुबा जिवीत हुनुभएको भए साच्चै नकति खुशि हुनुहुन्थ्यो होला .. जब कमाउन सक्ने भयौ चाहेको खानएकुरा र लगाउने कुरा किन्दिन सक्ने भयौ बिडम्बना आज आमा बुबानै हाम्रो सामुमा हुनुहुन्न 😭😭 नयन निथ्रुक्कै भिजिसकेछन् .

तरपनि बाहिरि ओठमा मुस्कान छर्दै ठूलोदाजु तिर हेरे माइलो दाजुतिर हेते कोहिपनि चिन्तित देखिनुहुन्न थ्यो सबैको मुहारमा रत्तिभर उदासिपन थिएन .कान्छो भाइ र अन्तरेभाइ भने अलिक सोचाइमा थिए ..दाइले के गर्ने हो हाम्रो भागमा परेको पैसा तिरिदिने होकि हैन ..भनेर होला सायद .. मैले सबैको आत्मा अध्यान गरिसकेको भएर म ढुक्क थिए यो कार्यमा गोडा कमाएभने अझै कयौ पुस्ताले पूर्जाबिहिन हुनुपर्छ .. त्यसैले मैले जुनै हालतमापनि हिम्मत जुटाएर यो कार्य पूरा गर्नै पर्छ ….

दाजुभाइसबैजनलाइ सान्त्वना दिदै भने चिन्ता नलिनुस है जे जति खर्चलागेपनि लाग्छ तर काम गराएरै फर्किने हो .. माइलो दाजु घरिघरि भाबुक हुनुहुन्थ्यो ..यसरि यो खाल्को यात्रा फेरि कहिले हुन्छ होला है ….

मैले भने दाजु यो बर्ष साहुको गाडि लिएर आएको छु यदि समयले साथ दियो भने अब आउदा सवारि साधनपनि आफ्नै लिएर आउन पाउ भन्ने लागेको छ स्वास्थ्यमा खराबि नआओस् रिन लागेपनि दिन नलागोस् भगवान समक्ष यहि कामना गर्छु …यस्तै यस्तै गफगाफ हुदैयो चैनपूरमा रहेको मालपोत कार्यालय आइसकेछ

मालपोत कार्यालय बाहिर बस्नुहुने लेखापाल गोपाल पौडेल सर हाम्रै प्रतीक्षामा हुनुहुदोरहेछ .

पहिले सहमति गरौ ककस्को नाममा पासगर्न मिल्छ सकभर सातैजनाको नाममा गरौ यदि मिलेन भने सिर्फ दुइजनाको नाउमा हुन्छ ककस्कोमा गर्ने बारे छलफल गर्न मालपोत कार्यालयको प्रमुख भाइ श्री मदन कुमार कोइराला भएको कक्षमा गयौ .. भाइ मदनले भन्नुभयो कस्को नाउमा गर्ने लु भन्नुस भनेर ठूलो दाइलाइ सोध्नु भयो …ठूलो दाइले भन्नु भयो मिल्छ भन्र काका र साइलाको नाउमा गरौ यदि त्यो पनि मिल्दैन भने साइलाको नाउमा मात्रै गरौ अहिलेको मुख्य काम भनेको साहुको नाम बाट आफ्नोमा सार्नु हो त्यसपछि बिस्तारै भागबन्डा लगाउला …

ठूलो दाजुको।कुरामा सबै दाजु भाइ सहमत हुनु भयो काकाको नाममा गर्नलाइ कित्त नम्बर 8.50 र 8.51..

को जग्गा थोरै हुने भयो प्रत्येकभाइको भागमा ४ रोपनि आदा पर्छ दुइकित्ता मा त्यति नपुग्ने भएर काकालाइपनि पछिनै दिने अहिलेको लागि सबै जग्गा साइलाकै नाउमा पास गर्न हामि सबैको मन्जुरिनामा सहिछाप .. सहित साइलाकै नाउमा भयो …

ठूलो दाजु जितेन्द्र माइलो दाजु प्रेम कुमार काइलो भाइ रमेश अन्तरे भाइ शुसिल कान्छो भाइ कुमार अनि काका काजिमान

सहित सबैको इच्छा अनुसार मेरै नाममा पास गर्न सहमति हुनु भयो …

सोहि अनुसार काम अगाडि बढ्यो घरबाटोको सिफारिस चाहियो मगाउनुस भनेर लेखापाल गोपाल पौडेल जिले भन्नु भयो कि यदि घरबाटो मिलाएर पठाए भने राजस्व अलिक कम आउला नत्र एकलाख पैतिस हजार भन्दामाथि भेट्छ ..

घरबाटोको सिफारिस मिलाएर बनाउन लगाउनुस्

गोपाल सरको भनाइ अनुसार मादि नगरपालिका वाडा नम्बर पाचमा रहेको हाम्रो वडा कार्यालयमा फोनगरेर भन्यौ भाइ घरबाटोको सिफारिस ढुङ्गामाटाको भूसको छानो भएको घर अनि गोरेटोबाटोले छोएको मात्र उल्लेख गराएर पठाउनुस भनेर बिन्ती गर्यौ माइलि भाउजु तारालाइ त्यहा सिफारिस लिएर हामिलाइ कपि पठाउन अनुरोध गर्यौ तर .. मोटरबाटोले छोएको टिन लगाएको तिनतलेघर भनेर सिफारिस गरिदिएछन् ..

फेरि पनि भन्यौ लौ न भाइ मिलाएर पठाइदिनु तिनपटक सम्म पनि त्यहि अन्त्यमा टिनको छानो हटाएर पठाएपछि मात्रै राजस्व अलिक कम पर्ने देखियो…

गोपाल जि फेरिपनि भाइ मदन भएको ठाउमा लिएर जानु भयो भाइ मदनले गोपाल जिलाइ भन्नु भयो मेरो दाइहरू हुनुहुन्छ मिलेसम्म कागज मिलाएर बनाउनुस है ..

उता मालिकहरू खाना खान तयारि गर्दैहुनुहुन्थ्यो …आजै काम सकेर जानुपर्छ धरान पुग्नेगरि …

बिडम्बना घरबाटोको सिफारि समयमा न आउनाले साहुन ३२ गतेनै सकिने काम भदौ एक गते सकिने भयो .गोपाल जिले भन्नु भयो भोलि जगतराम्को मात्रै काम छ उहा मात्रै भए हुन्छ अरू दाजुभाइ चाहिन्न घर जादा हुन्छ .साझ परिसकेको थिएन घाम डुब्न बाकिनै थियो ..सबैको सरसल्लाह अनुसार बिहान अफिस खुल्नु अगावै उपस्थित हुनेछु अहिले दाजुभाइहरूलाइ लिएर मादि जान्छु .भाएर ठूलो मालिक महेश राज दहाल ज्यूसग बिन्ती चढाए ..भोलि बिहान सिद्धकालि दर्सन गर्न जाने बिचार थियो ल ल ठिक्कै छ जाउ जाउ दाजुभाइलाइ लिएर जाउ तर भोलि आउदा जित बहादुर र प्रेम कुमारलाइ लिएर आउनु .. साचिबसेर सहि छाप गर्नुपर्छ फेरि ….

श्रद्धा पूर्वक शिर झुकाएर हवस हजुर म लिएर आउछु अफिस खुल्नु अगाडिनै …..

चैनपूरबाट ओरालो चिल्लो सडक निक्कै रमणिय पल सबैको ओठमा खुशियालिको झलक .दाजुहरू भाइहरू अनि काका हजुर सबैसबैको मनमा एकखालको अनौठो हर्षले स्पर्श …गरेझै फुर्तिलोपन ..ठूलो दाजु जितेन्द्र अगाडिकै सिटमा माइलो दाजु र काका अनि भाइहरू पछाडि बसेर यात्रा सुरु गर्यौ …गाडि ओरालो लाग्दैथियो माइलो दाजुले भन्नु भयो साइला आज जस्तो रमाइलो यात्रा कहिले होला र लन्का होटलमा खाजा खानु पर्छ है …जिवनमा यति खुसि कहिल्यै भएको थिन …

आउन त भोलिपनि आउछौ तर सबैजना जम्मा भएर आउन पाइन्न .. फेरि साइत जुर्ने भनेको कहिले हो कहिले …

ठूलो दाजु जितेन्द्रले भन्नु भयो हाम्रो काम नबनोस् भन्नेहरूको मुखमा बुझो लगाउन पायौ .. म त झनै खुशि छु मेरा भाइहरूको दाजु हुन पाएकोमा गर्व लाग्यो ..

कुरौकुरामा लन्का होटल आइसकेछ ..गाडि पार्किङ्ग हरेर चारनम्बर्को टेबुलमा गएर बस्यौ .. दाजुहरूको मनसाउअ बुझेर चारबोत्तल बियर म र काइलोभाइको लागि डिउ . सात सिल बङ्गुरको सेकुवा अर्डर गरे हामि सबै दाजुभाइ यसरि यात्रामा निस्किएको बर्षौपछिऊ अबसर थियो..

दुइजना दाजु र काका अनि दुइजना भाइहरू रातोपिरो हुदै बढोमिठो गफ गर्दै चुस्स चुस्स लगाउदै .. म तिर हेर्दै कहिले हास्दै कहिले रुदै खुशिमा आशु झतेको देख्दा मन दुख्दो रहेनछ ..

दाजुभाइलाइ खाजा खुवाइ बिल तिरेर यात्रा सुरु गर्यौ ..

काकालाइ अलि।अलि लागेछ सायद हासेको हासेइ हुनुभो

ठूल्दाजु र माल्दाजुलाइपनि रङ्ग रङ्ग भएको हुनुपर्छ कुरागराइको छाट हेर्दा ..अन्तरेभाइको नजरै जहिम्झिम अनि कान्छो भाइ सदाबहार ..रातै देखिन्थ्यो ..गफ मिक्कै रमाइला भए अनि करिब एकसय तिस बर्षपछि साहुको नामबाट आफ्नो परिवारको सदस्य भित्र नाम सारि हुदैछ …

भोलि भदौ एकगते हाम्रो नया कार्यको सुरुवात साइतपनि राम्रै परेच ..

काका अनि दाजुभाइ सबैलाइ मन नदुखाउन अनुरोश गर्दै भने .. साइलाले एकलौटी पास गर्ने भो भनेर सानुमन नगर्नु यो मेरो रहर हैन बाध्यता हो मैले सबैको नाममा पास गर्न चाहेकै हो नत्र ठूल्दाजुको नाउमा माल्दाजुको नाउमापनि गर्दा हुन्थ्यो तर सुरक्षीत नहुने देखे किन कि जाडको तालमा मेरो अन्स दे नत्र भन्न बेर लगाउदैनन जोताहा सम्म त कस्को घरमा राखेर बेपत्ता बनाए भोलि यो धनिपुर्जा हात परेपछि बन्दकि राखेर नखालान् भन्ने ग्यारेन्टी के छ र भोलि मैलेनै उकास्न पर्छ त्यसैले बरू अहिले मेरै नाममा पास गरेर म जान्छु म जान्छु धनि पुर्ज्जानै मसग भएपछि दाजुभाइलो कलझगडापनि हुदैन जजस्ले जति कमाउनु भको छ अब मुखियाको हैन आफ्नै सम्झेर भोकचलन गर्नुहोला …

एक दुइबर्षको कुरा हो फर्केर आएपछि सबैलाइ आ आफ्नै नाममा जे जति पुग्छ पास गरिदिन्छु पटक्कै चिन्ता नलिनुस उस्को भागमा मात्रै गर्यो हामिलाइ घर न घाट बनाउछ भन्ने कहिल्यै कल्पना नगर्नु होला ..

कुरैकुरामा बाटो कटेको पत्तै भएन नयाधारा लेखेको साइनबोर्ड देखेर पो याद आयो भाउजुलाइ खाना बनाउसु है सबैजना दाजुभाइलाइ पुग्नेगरि भनेर फोन गरे ..

दाजुभाइहरू आ आफ्नै घरमा गएर खाने हो भन्दैहुनुहुन्थ्यो

तर मेरो जिद्दिपनाले मात्रै खाना खाएरामात्र घरघर जाने कुरा भयो ..

भोलि बिहान अलिक चाडै निस्किनु छदैछ ..

ठूलो दाजु माइलो दाजु अनि काइलोभाइ फेरि मसगै चैनपुर जाने निश्चित भयो

मादि ओखरबोये पुगेर सुरक्षीत हुनेगरि कार पार्किङ गरेर आमाको पछिको आमा भाउजुलाइ दर्सन गर्दै भने भाउजु हजुर हामि आयौ ..सबैजना यहि खाना।खाएर छुट्छौ भोलि बिहान चैनपुर जानु अगावै पून सबैसग भेट गरेर बिदा हुनु छ चैनपुर गएपछि भरे दाजुहरूसग फर्किन पाउदिन सकभर धरान सम्म पुग्नैपर्छ भने आदेश छ …

यो पटक भलाकुसारि गर्न पाइन भाउजु हजुर समयले साथ दियो भने अर्कोपटक आउदा एक्दुइहप्ता भएनि बस्नेगरि आउने छु

यति भनेर बिस्तरा तिर लागे दाजुभाइ सबै आफ्नो कुटितिर लाग्नु भयो बिहान चाडै जानुपर्नेछ भाइहरूपनि रहर त गर्लान् तर ठूलो दाजु र माइलो दाजुलाइ लिएर जान्छु भाइहरूको खासै कामपनि छैन ..अरू कुरा त्यस्तै राजस्व खासै धेर आएन भने हुन्थ्यो …यस्तै यस्तै कुरा सोच्दा सोच्दै रातिको एक बजिसकेछ..आखामा पट्टी बाधेर निदाए . भाउजुले साइला साइला उठ्नु चिया पिउन भनेर घच्घयाउनु भएपछि मात्रै आखा उघ्रीए ..

बिहानको सात बजिसकेछ दाजुभाइ सबैजना जम्मा भैसक्नु भएछ खाना तयार पारेर बुहारिले बोलाइन् सबैजना ल्हाना आउनुस् ..

जेजस्तो पाक्यो मिठो मानेर खायौ ..कागजपत्र अनि लेहि रकम झोलामै थियो कान्छोभाइले झोला गाडिमा राखिदियो ..

ठूलो दाजु माइलो दाजु र काइलो भाइ अनि भतिज अस्बिन र नाति सन्दीपपनि चैनपुरसम्म भएनि साइलो बुबाले चलाउनुभएको गाडिमा जान्छौ भनेर जिद्दि गरेका हुनाले गाडिमा आएर बसे ..भाउजुलाइ दर्सन गरे गाडिमा आएर स्टार्ट गरे मेरो नयन ओभानो थिएन साच्चै भनौभने मुटुगाठो परेर बोल्न सकिन भाउजुपनि ल ल भाइ राम्रोसँग जानु भन्दै रुनु भयो मैले भने हजुर दुखि नहुनुस ल अब दुखि किन हुनुहुब्छ म छदैछु नि छोरो भनेपनि भाइ भनेपनि हजुरहरूकै लागि हो यति मरिहत्ते गरेकोपनि हवस हजुर आफ्नोन्ख्याल राख्नुस है भनेर ..हात हल्लाउदै मादि ओखरबोटेबाट ओरालि झरे .भतिज नाति खुब रमाउदै गफिदै गाडिमा बसिरहेका थिए..

दाजुभाइहरूपनि आ आफ्नै पारामा गफिदैहुनुहुन्थ्यो …माया खोला तरेर तिफतिरेको फेदिमा रहेको पिलुवा तर्दै गर्दा मन एक्छोन माया र पिलुवाको दोभान तिर मोडोयो जहा हामा पुस्तौपुस्ताको अन्त्यस्टि भएको थियो .बुबाहजुरको आमा हजुरकोनि अन्तीम दाहसस्कार यहि माया र पिलुवाको दोभानमा भएको थियो .. जुन कार्य यस्पालि गरियो यदि आमा बुबा जिवित हुनुहुदो हो त कति खुशि हुनुहुन्थ्यो होला

जिवीत रहुन्जेल एक्पेट खान र एकसरो राम्रो लगाउन कहिल्यै पाउनु भएन हामि बर्षौटे जस्ता बालबालिका हुर्काउन कति सघर्स गर्नुपर्यो होला गोडा फूटेर चिरैचिरा भएका थिए हातमा ठेलाले कहि खालि थिएन .. हाम्रो पेट भरिदिन कति धेरै दुख्ख कस्ट सहनु भयो तर आज केहि पाउला फेरिनै लाग्दा हजुरहरूको उपस्थित छैन बुबा आमा हजुर .. यस्तै यस्तै कुराले मन भारि बनाएर पिलुवाबाट उकालो लागे ..

दाइ हरूलाइ खासै यी कुराको हेक्का थिएन सायद यसरि गहिरिएर सोच्नुभएजस्तो देखिनुहुदैनथ्यो …

फेरि तिर्सुले हुदै चैनपूरमा रहेको मालपोत कार्यलय पुगियो ..लेखापल गोपाल पौडेल जिले भन्नु भयो ल अब कसरि हुन्छ कुरा मिलाउ हिढ्नुस एक्छिन मदनसरलाइ भेटेर कुरा गरौ कसरि सहज हुन्छ त्यसै गरौला …

पून मदन भाइ भएलो क्वाटरमा गएर सरसल्लाह गर्यौ खै लेखापाल्सग केहि कुरा भयो सायद .. मदनभाइले भन्नु भयो दाइ सबै गोपाल जिलाइ जिम्मा देको छु सोहि अनुसार हुन्छ काम आजै सक्नु पर्छ नत्र अ भोलिबाट बिदामा निस्किन्छु

काम नहुन सक्छ ….

मदनभाइले भनेअनुसार गोपाल जिले सबै ब्यहोरा खुलाएर कागजात तयार गर्नु भयो … जग्गाधनि श्री महेश राज दहालकि जिवन सङ्गिनि श्री निर्मला दहाल ज्यूको नागरिक्ता भए लिएर आउन भन्नु भयो मैले गएर भाउजु निर्मना ज्यूसग सोधे हजुरको नागरिक्ता भए दिनुस न हजुर ….

मेरो आग्रहलाइ सहर्श स्वीकार गरेर नागरिक्ता दिनु भयो

महिलाको नामबात बकसपत्र पास गराउदा केहि राजस्व कम लाग्ने भएर त्यसो गर्नको लागि नागरिक्ता मागिएको रहेछ्

कुलघरानाकि छोरि अनि कुलकै बुहारि भएर होला निर्मला भाउजु साह्रै सरल र मनकारि हुनुहुदोरहेछ … हुन त सानि भाउजु सन्जु दहाल पनि उतिकै मनकारि हुनुहुन्थ्यो …

उहाहरू सबैको सोचाइनै मेरा पूर्खाहरूदेखिका मान्छे हुन् यीनिहरूलाइ असहज नहोस भन्ने प्रस्टै बुझिन्थ्यो …

दलित भएकै कारण पनि केहि छुट हुने ब्यबस्था भएको ले के राजस्व अलिक कम्ति लाग्ने अनुमान गर्न सकिन्थ्यो …

कागजपत्र मिल्यो अझैपनि मिल्छ भने घरबाटो गाडिको बाटोले नछोएको बनाउन लगाउनुस् भनेर गोपाल जिले भनेपछि आदिमा रहेको हाम्रो वाडानमबर ५ मा कल गरेर बिन्ती गर्यौ तर जतिपटल घरबाटोको सिफारिस पठाएपनि सडकले छोएकै भनेर पठाए …

यति गरेपछि राजस्व धेरै आउछ यी भिकारि हुन्।यीनिहरूको हैसियत छैन भनेर मख्ख थिए सायद ..तिनिहरूलाइ थाहा थिएन एउटा औलाको औठि मात्रै बेच्यो भने एक डेडलाख आउछ् भन्ने कुरा .. मलाइ थाहा थियो अप्ठ्यारो स्थिति आउन सक्छ . रिणै गरेर भएनि दुइचार मुठा झोलामा बोकेर गएको थिए ..कसैले अबरोध गरे भनेर रित्तो हात फर्किनु थिएन .. जसरि हुन्छ मेरा दाजुभाइलाइ सुकुम्बासी बाट बाहिर ल्याउनु थियो …

एकलाख पैतिसाहजार राजस्व हिसाब गरिएकोमा भाइ मदनको प्रयासले पचहत्तर हजारमा झर्यो लेखापाल गोपाल पौडेलजिलेपनि मिलेसम्म मिलाउन अथाह पहल गर्नुभयो .!!

करिब दिनको दुइ बज्दै थियो २०८०साल भाद्र एकगतेका दिन् मेरो दाजु महेश राज दहाल दाजु दिनेश राज दहाल भाउजु निर्मला दहाल्को नाउबाट मेरो नाममा नामसारि भयो ..

२०८०सालको भाद्र महिनाको एक गते करिब एकसय पच्चीस तिस बर्ष पछि हाम्रो हातमा धनिपुर्जा आएको दिन् सुकुम्बासीको ट्याग हटाएको दिन् .. धनिपुर्जामा आफ्नो नाम अटाएको दिन्

नामसारि भएपछि सबैजना केहि खाजा खाउ अनि छुटौ भनेर होटलाअ गयौ होटलमा गएर सबैले आफूलाइ मनलागेको कुरा खानुस् भने .. कसैले मम खानु भयो कसैले दहि चिउरा मैलेपनि एउटा जुस पिए ..दाइ मह्र्स राज दिनेस राज भाउजु निर्मला र रन्जु ज्यूहरूको ब्याग गाडिमा राखिसकेको थिए ..

यो हाम्रो लागि मात्र हैन हाम्रो पुस्ताकै लागि ऐतिहासिक दिन थियो .. सबैजना सगै बसेर तस्वीर लिन आग्रह गरे .. मालपोतको हाकिम श्री मदन कुमार कोइराला भाइ लगायत सम्पूर्ण एक्कैलाइनमा रहेर तस्वीर लियौ .. दाजुहरूलाइ घर पठाएर आफूपनि बाटो तय गर्नुपर्ने भएर .. दाजुलाइ तिन हजार दिदै भने दाजु हजुरहरूलाइ ट्याम्पो भाडा र खाजा खर्च हो यो राख्नु राम्रोसँग जानुस भनेर गोडामा ढोग गर्दै .

बिदाइ गरे ..ठूलो दाजु माइलो दाजु र काइलो भाइ अनि भतिज र नाति सबैको मुहार अध्यारो भयो .. फेरिभेटिन पनि त छुटिनै पर्ने बाध्यता हुदोरहेछ मेरो बाक्य बसे झै भयो राम्रोसग गए है हजुरहरूपनि राम्रोसँग जानुस है भन्न सकिन …

हात मात्र हलाएर मेरो यात्रा सुरु गरे चैनपूरमा रहेको खराङ्ग हुदै तुम्लिङटार खादबारि जाने बाटो छुटिने ठाउबाट म खराङ्ग लुवाकोट हुदै ओरालो झरे बाटो निक्कै साघुरो अनि घुमाउरोपनि तर राम्रो पिचभएको रहेछ बिस्तारै बिस्तारै यात्रा अगाडि बढाए … सबैजना खुशि हुनुहुन्थ्यो ठूलो दाइ महेस राज दहाल अगाडि सिटमा अनि पछाडी भाउजुहरू निर्मला र रन्जु साथमा सानु दाइ दिनेध राज दहाल ..घरिघरि मिठो गीत गाउदै …हुनुहुन्थ्यो तिरेमिरे जालि रूमाल …

भाउजुहरू तालि बजाउदै अगाडिको सिटमा बसेर ठूलो दाजु महेश राज मुसुमुसु हास्दै हुनुहुन्थ्यो भाइले गाउनुभएको गीत्मा अलिक लय भङ्ग भएर हुनुपर्छ …

सवा खोलाबाट तुम्लिङटार जाने र पाख्रीबास हिले निस्किने सडक छुट्टियो हामि तुम्लिङटार जानेबाटो छोडेर हिले निस्किने तिर मोडियौ ..

सवाखोलाबाट बाया मोडिएको केहि बेरमै सवा र अरुन नदि मिसिएको दोभान .. कटियो पहिले पहिले ढाकरमा भारि खेप्ने कयौ बहरिया दाजु भाइ दिदिबहिनिहरू अरूण नदिमा खसेर बेपत्ता हुनुभएको खबर ताजै थियो …

अहिले जस्तो सामाजिक संजाल हुदो हो त यूटिबरले अरूणनदिका माछालाइपनि सोध्ने थिए कतिजना जति खसे अनि तिमिहरूले भोजन गर्यौ भनेर …

तल हेर्यो अरुण नदि सुस्त सुस्त बगिरहेकि ..माथि हेर्यो पहाडै खस्ने होकि जस्ले बनाएपनि यो बाटो बनाउनेलाइ सयौ तोपको सलामि यो सडक हेर्दा एउटा जनवादी गीतको साह्रै याद आयो कति कति कुल्लि दाजुभाइहरूले शरिर बिसाइसक्नु भयो होला ….

के पायौ नि कुल्लि दाइले के पायौनि कुल्लि भाइले

ठेकेदारले पैसा कमायो

गैतिबेल्चा उचालेर पहाडलाइ छिचोलेर डाडाकाडा बाटो बनायो

हुनपनि यथार्थ यहि हो पैसा कमाउने भनेकै ठेकेदारले हो श्रमिकले जेनतेन एकछाक टार्ने मात्रै हो ..

दम्बर बजार पुग्नै अगावै दिदिलाइ सम्झे केहि मिनेट अगाडि कल गरेर भान्जाबाबूलाइ भनेको भए तल सम्म लिएर आउनुहुन्थ्यो होला दिदिको गोडा ढोगेर बिदाहुन पाउथे फेरि सोचे होस् खबर गर्दीन उहाहरूलाइ धरान् पुर्याउन छ म एक्लै छैन गाडिमा मेरो अधिन पनि छैन उहाहरूले जहा रोक भन्नुहुन्छ त्यहि रोक्ने हो ..यो पटकको छुट्टिमा दर्सन भेट गर्न नसकेकोमा माफि चाहान्छु भन्दै यात्रा अगाडि बढाए .. मेरो बाध्यता मेरो भान्जा किरणलाइ थाहा थियो दिदि भिनाजुलाइ मनाउने जिम्मा भान्जा बाबूलाइ दिए ….

चानुवाको पूचार बेलटार हुदै अगाडि बढे सानुमा बुबा आमाको साथमा मामा घर जादा त्यहि बाटो हुदै गएका थियौ .. भाइ अन्तरे आमाको काखमा अनि म बुबाको हातको औला समाउदै .अक्करको बाटो यात्रागर्दाको पल सम्झिए म त्यस्तै आठ नौ बर्षको हुदो हु ..

ढाकरबोक्नेको लाइन लर्को थियो खाम्लिङ्गे तामाङ्ग साह्रै बलिया हैट यत्रो यत्रो भारि बोकेर भिरको बाटो थकाइको महसुसनै नगरि हिडिरहेका भन्दै बुबा र आमा कुरा गर्दै हुनुहुन्थ्यो .. म बबुरो बुबाको हातको औला एक्कैपल नछोडि समाएर हिडिरहे हात समाउन छोडेभने अरुण नदिमा झर्छु भन्ने डरले .. कहालि लाग्दो भिर पहरा फोरेर आहा चिल्लो सडक बनाइएको रहेछ .. नेपाल आर्मिले बनाएको हो यो बाटो भन्दै सानि भाउजु दाजुहरूलाइ सुनाउदै हुनुहुन्थ्यो .. आहा अस्ति मादि जादापनि यहि बाटो जानपाएको भए चाडै पुगिने रहेछ ..

यो सबै संयोग थियो .. मलाइ लागेको थिएन भिरपहरा फोरेर यति चिल्लो सडक बनाइको होला सिर्फ सोचिरहे मन हुनु हो भने काम सबै सम्भब हुने रहेछ असम्भव केहि रहेनछ …

गाडि आफ्नै गतिमा कुदिरहेको थियो बालपनमा बुबाको हात समाएर यहि बाटो हिढेको म आज यसरि गाडी चलाएकोपनि तिस बर्ष नाघि सक्यो .मानसपटलमा अझैपनि त्यो पल ताजै छ .. मेरि कान्छि फुपुको जेठो छोरा दिलेन्द्र र माइलो छोरा मानबहादुर भएपनि बोलाउदा काले दाइ र तिखे दाइ भनेर बोलाउथ्यौ दुबैजना एकदमै बलिया हुनुहुन्थ्यो … बाह्रक्षेत्रमा अझैपनि हुनुपर्छ एउटा ढुङ्गो निक्कै गरुङ्गो थियो उबेला तिखेदाइले उचाल्नु भएको थियो .. बुबाले तालि पिट्दै स्याबस मेरो माइला भान्जा स्याबास .. भन्दै धाप मार्नु भएको हिजो जस्तो लाग्छ खै उहा बेपत्ता हुनुभएकोपनि बर्शौ भयो अत्तो पत्तो छैन …

दम्मर बजारबाट दियाले मारेकटरे हुदै पाख्रीबास आइपुग्दा साझ परिसकेको थिएन तरपनि लेखको बाटो कुहिरोले ढाकेर कतै कतै हेडलाइट नै बाल्नुपर्यो तर।मौसम साच्चै रमाइलो थियो वातावरण उस्तै सुन्दर हिलेबजार आइपुग्दा झल्यास्स याद आयो पासो थापेर बसेकाहरू के गर्दै होलान्

त्यो पासोमा अरूपनि परेकि परेनन् .. बाडफाड गर्दै छाक्टारिरहेका छन्।कि छैनन् ..महेश दाइले भन्दैहुनुहुन्थ्यो तिमि पासोमा परेको ठाउ आयो …मैलेपनि अलिकति अमिलो हासो पस्किदै भने हजुर आयोनि पासो राम्रै थापेछन् ..

हिलेबाट ओरालो लाग्यौ बाटो खाल्डा खुल्डि कुन छल्नुकुन नछल्नु.. स्कूल डाडा धनकुटामा आइपुगेर एक्छि रोकौकि भन्ने लागेको थियो तर रोकिन …

धनकुटा हुदै ओरालो लाग्यौ दिनेशराज दाइको गित रोकिएको थिएन … खुलेर गाउदैहुनुहुन्थ्यो .पात्ले खोला तरेर उकालो लागियो घुम्तिहरूमा धरान देखि बस्नतपूर खादबारि भोजपुर जाने बसहरू हरन बजाउदै आइरहेक थिए ..तमोरनदि पुग्नु अगावै ओरालो अनि घुम्ति घुम्ति आहा चिल्लो सडक हरियो बनजङ्गाल केहि पल रोकेर सेल्फि लिउ जस्तो तर समयको अभाबले यी सबैमा बन्चित हुनुपर्यो…भेडेटार गएर खाजा खाएर जानुपर्छ है भरे धरान गएर खाना कस्ले बनाउछ र ..

.तमोरनदि तरेर मुलघाट हुदै उलालो सुरु हुदै थियो चैनपूरबाट छुटेको गाडि कति नरोकि एकैरफ्तारमा कुदिरहेको ले टायर निकै तातेछ मेरो तालुजस्तै चिल्लो चिल्लो टायर गोटिसबै सकिएको झनै तातेपछि के चाहियो र …

पहिलो मोडमै अगाडि ड्राइभरसाइडकै टायर ठुस्स गयो स्पेयर टायर त थियो तर न जग गतिलो न ह्वीलपाना साइजको दिमागले काम गरेकै थिएन .. करिब पाचमिनेटपनि नहुदै एउटा स्कारपियो नै आयो हात दिए साइड लगाउदै रोकेर भने के भयो किन रोक्नु भएको मलाइ

मैले केहि गर्नु पर्छ ….

आहा कस्तो मिठो बोलि ..टायर खोलफिट गर्न मलाइ साथि चाहिदैन हजुर तर यो गाडिमा भनेजस्तो टुल्स नभएर मात्रै हो प्लिज मलाइ तपाइसग भएको ह्वीलपाना र जग दिनुस् न म पाचसात मिनेटमा खोलफिट गरेर हजुरलाइ फिर्ताअ दिन्छु ..

बसको टायर हजारबिसको त खोलफिटगर्न १५ मिनेट समयभए पुग्ने म झन यो सानु स्कारपियोको कतिनै समय लाग्थ्यो र … उहाले फटाफट सामान दिनु भयो मैले टायर खोलफिट गरे उहाले जग झारेर राख्नु भयो अब मसग स्पएर टायर थिएन उहा र म अघिपछि गर्दै भेडेटारसम्म पुग्यौ .. हाम्रो सरसल्लाह अनुसार भेडेटारमा खाजा खाएर ओरालो लाग्ने अनि धरान गएर आराम मात्रै गर्ने थियो .. त्यहि अनुरूप महेश दाइ र दिनेश दाइले खाजा खानु भयो ठूलि भाउजु निर्मला ज्यूले चिया बिस्कुट सानि भाउजु सन्जु एउता भेजिटेबल चाउचाउ बनाउन लगाएर खानु भयो मैलेपनि पानीसग बिस्कुट टोकेर हल्का भोक मेटाए …

खाजाखाइसकेर दाजुहरू भाउजुहरूसबै गाडिमा आएर बस्नु भयो .. सिम सिम पानी परिरहेको थियो ..

गाडि बिस्तारै बढाए ठूलो दाजु महेशराज ज्यूले कागजात भएको छोला होटलमै छोड्नु भएछ .. ला मैले झोला त्यहि छोडेछु ..

दाइको कुरा सुनेबित्तिकै गाडि हटाएर होटलसम्मै ल्याए किन कि घुमाउन मिल्ने ठाउ थिएन निकै अगाडि जानुपर्थ्यो त्यो बेलासम्मा ढिलो भैसक्थ्यो उहाको ब्यागमा निक्कै महत्त्वपूर्ण कागजात भएरपनि जतिसक्दो चाडै होटलमा पुग्नुपर्ने थियो .. गाडि तोकेर दौडिदै गएर हेरे दाइ बस्नु भएकै टेबलमा ब्याग देखेर खुशि हुदै उठाए होटल साहुनि झसङ्ग हुदै भन्नु भयो मैले त यादै गरेकि रहेनछु हवस लैजानुस है राम्रोसँग ….

झोला लिएर महेश दाजुलाइ दिएर फेरि यात्र सुरु गरे ..

सिमसिम।पानी परिरहेकोले प्रस्ट देख्न मुस्किल परिरहेको उसैमाथि हुस्सुले बाटो ढाकेको कहिकतै हुस्सु नभएनि अब चारैतिरबाट अध्यारो बढ्दै आइरहेको निक्कै असहजताको सामना गर्दै पूर्वान्चलको मुटु धरान ..पुग्नै लाग्दा .घुम्तिहरू दाया बाया मोडिदै धरान शहर नियाल्दा साच्चै स्वर्गको अनुभुती अलक्कै अनुमान गर्न सकिन्थ्यो ..

जब धरान टेकियो गाडिहरूको लर्को अनावश्यक हरन ट्वा ट्वा टू टू मेरो बन्दभएको कान पून खोलियो ..

भानुचौक कटेर भोटेपूल्बाट दाय मोडियो बिपि कोईराला मेमोरियल हस्पिटल .नपुग्दै दिनेशदाइले भनु भयो ए भाइ गाडिसाइडमा रोक्नु है म केहि सामान लिएर आउछु ..

जब उहा पसल केहि सामाग्री लिन पसल जानु भयो सायद सितनको लागि हुनुपर्छ पहाडको हरियो काक्रा अनि .. केहि उहाको रोजाइको खाने कुरा लिनु भयो .. ठूलि भाउजु निर्मला ज्यूलाइ सोधे हजुरले केहि खानु भएन भरे भोकलाग्ला खाना खानु भए हुनेनि क्वाटरमा सबै सुबिधा नहोला बरू बाहिरै केहि खाएर जाने होकि …

मेरो कुरा नअसकिदै सानि भाउजु सन्जु ज्यूले भन्न भयो भाइ पर्दैन हामि केहि खादैनौ बरू तपाइ . हामिलाइ क्वाटरमा छोडेर आएर खानु होला .. ..

मैले हवस हजुर हुन्छ भनिदिए .. क्वाटर पुगेर सामान सबै ओरालिदिए अनि श्रद्दा पूर्वक भने यात्रको क्रममा जेजस्तो भयो दुख्ख नमानिदिनु होला है आसा गर्छु फेरिपनि हजुरहरूसग कुनै लामो यात्रा गर्न पाउ .. बरू हजुरहरूले मलाइ आशीर्वाद दिन कन्जुस्याइँ नगर्नुस है हजुर ….

उहाहरूले भन्नु भयो भाइ खुशि लाग्यो सगै यात्रा गर्न र सोचेको काम केहि असहज भएनि बनेकोमा हुन्छ ल ल बिहानै जाने होला भेट नहोला भोलि राम्रोसग जानु है …

शिर झुकाएर हवस हजुर हजुरहरूपनि आराम गर्नुस मअ पनि गेस्टहाउसमा गएर फ्रेस भएर खाना खान जान्छु

उहाहरूबाट बिदा लिएर आए गेस्टहाउस अगाडि आएर गाडि पार्किङ गरेर फेरि चाबि बुझाउन चाबि दिएर पून गेस्टहाउसमा आएर एक्छिन् ढल्किदै झोलामा रहेको धनिपुर्जा अङ्गालो हाले आखा रसाए .. सबै पुर्खाहरूलाइ सम्झे आमा बुबालाइ औधि ।मिस गरे आज मेरो बुबा आमा हुनुथ्यो त कति खुशि हुनुहुन्थ्यो होला सानो भएनि महत्त्वपूर्ण कार्यभएकोमा ।..निक्कै छाक भैसकेको थियो मैले समयमा खानानखाएको खाएपनि हतार हतारमा खासै स्वादै थाहा नपाउदै हात धुनुपर्थ्यो ..

कसरि यो कार्य सफल होला कसरि मेरो दाजुभाइलाइ सुकुम्बासीको खाडलबाट बाहिर निकाल्न सकौला .कति रकम लाग्ने हो सकभर दाजुभाइलाइ रिण बोकाउन नपरे हुन्थ्यो .

आजभने शरिरनै निक्कै हलुङ्गो भएको महसुस बाथरूम गएर फ्रेस भए निकै सुबिधा सम्पन्न गेस्टहाउस एसि अनि फाइन दुबै भएको निक्कै गर्मिले अताल्लिएको आत्मा केहिसमयपछि सित्तल भएको महसुस भयो ..करिव 10 बजिसकेको हुदो हो खाना खान घोपा क्याम्प अगाडि रहेको वान्त्ववा होटलमा गए आज निक्कैदिनपछिको भोक पुरा गर्नु थियो खानामा मासु चाहि हाप हैन एकप्लेटनै दिनुस है ..

अनि एउटा रेडबूलपनि दिनुस् धेरै थकाइलागेको आभास भएको छ केहि आराम मिल्छ कि ..

खाना खाएर पून गेस्टहाउसमा फर्किदै घरमा दाजु भाउजुलाइ फोन गरेर भने म धरान आइपुगे अब भोलि बिराटनगर गएर फ्लाइटमा काठमाडौ जान्छु मेरो पर्देशिने समय आइसक्यो घरमा पाचदिन राम्रोसँग बिताएको छैन भोलि घाम नडुब्दै ..गोरखा पुग्नु पुग्नु छ पाचबर्श सात महिनाको पर्देश बसाइ पछि घर आएको श्रीमान पाचदिन घर नबस्दा छोराहरूकि ममिको मन कति दुख्यो होला .. दुइदिन भएनि घर गएर बस्नु छ ..छोराहरूसग घरब्यबहारको बारेमा केहि छलफल भएकै छैन कहाबाट कति ऋण .लिएको छ कुन भाकामा तिर्ने कबुल छ त्यो पनि बुझ्न जरुरि छ त्यसैले म फ्लाइटमा जान्छु बिराटनगर देखि ..

खुशिको कुरा घरमा जिवन सगिनिलाइपनि सुनाए .. सानु गएको काम सफल भएर धरान आइसके है भोलि सकभर साझको खाना खान आइपुग्छु ….

क्रमस …

जगतराम बर्देवा ((घायल)))

हाल =दोहा कतार

Scroll to Top