लोसपा पनि कांग्रेस–एमालेकै पक्षमा 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बुधबार बबरमहलस्थित पार्टी कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेले गर्न लागेको नयाँ सत्ता समीकरणलाई समर्थन जनाउने निर्णय गरेको हो । 

बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारे जानकारी गराउनुभएको थियो । उहाँले मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफल बारे समेत जानकारी गराउनुभएको थियो ।   

नेपाली कांग्रेस र एमालेले बनाउन लागेको सत्ता समीकरणको पक्षमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि उभिएको छ । दुई दलले राष्ट्रिय सरकार निर्माण गरेर संविधान कार्यान्वयनको क्रममा देखिएका समस्यालाई संशोधन गर्दै लैजाने सहमति गरेका छन् । 

Scroll to Top