वडा अध्यक्ष शैक्षिक विकास कोषद्वारा आयोजित नगरस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगित सम्पन्न

काठमाडौ ।
२०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित चन्द्रागिरि न.पा. वडा नं. १५ को वडा समितिको पहिलो निर्णय वमोजिम तत्कालीन वडा अध्यक्ष उत्तम बहादुर राउतको पारिश्रमिकबाट सञ्चालन हुने गरि स्थापना भएको वडा अध्यक्ष शैक्षिक विकास कोषद्वारा आयोजित नगरस्तरीय चित्रकला तथा वक्तृत्वकला प्रतियोगित फागुन १२ गते शनिवार स्थानीय मुनाल क्लव प्राङ्गणमा सम्पन्न भयो ।
९० जना आजीवन सदस्य र झण्डै ३०० जना साधारण सदस्य रहेको यस कोषद्वारा आयोजित वक्तृत्वकला कार्यक्रमतर्फ ब्राईट फ्यूचर मा.वि.का सान्भी चौधरी प्रथम, ए.आई. सेकेण्डरी स्कूलका विशेषता अधिकारी द्वितीय, एल.आर. आई स्कूलका कृषभ पन्त तृतीय भए भने विष्णुदेवी शिक्षा सदनका सविना थापा र जेसिस ईण्टरनेशनलका स्मृती थापाले सान्त्वना पुरस्कार प्राप्त गरे ।


यसैगरी चित्रकला तर्फ मा.वि. स्तरमा ब्राईट फ्यूचर मा.वि का सन्ध्या कार्की प्रथम, प्याराडाईज रिडर्स एकेडेमीका प्रतिमा बुढा मगर द्वितीय र विष्णुदेवी मा.वि. का अनिशा तामाङले तृतीय स्थान हासिल गरे भने नि.मा.वि. तर्फ नाईटेंगल स्कूलका अकुश श्रेष्ठ प्रथम, ब्राईट फ्यूचर मा.वि.का रामशरण अधिकारी द्वितीय र प्राईम इंग्लिस स्कूलका भेक्षणा लामिछानेले तृतीय स्थान प्राप्त गरे ।
त्यस्तै प्राथमिक स्तरमा मेरी होम मोन्टेश्वरीका मनज्ञ लामिछाने प्रथम, मेरीहोमकै देव्यानी पाण्डे द्वितीय र मंगल मा.वि.का आशा तामाङले तृतीय स्थान हासिल गरे ।


विद्यार्थीले बुझेको नेपाली समाज र भविष्य विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही रु. १५ हजार , रु. १० हजार र रु. ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । डा. विनोद मन्जन र डा. लेखराज खतिवडाले वक्तृत्वकलाको मूल्यांकन गर्नु भएृको थियो भने चित्रकलाको वरिष्ठ चित्रकार कमलेश महर्जनले मूल्यांकन गर्नु भएको थियो ।
कोषका निवर्तमान सचिव श्री कृष्ण बहादुर कार्कीलाई सम्मान गरिएको सो कार्यक्रमको सभापतित्व कोषका अध्यक्ष मोहन हरि आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि शिक्षासेवी, छात्रवृत्ति प्रवर्तक तथा सादगी व्यक्तित्व पूर्व प्र.अ. श्री सुरेन्द्र बहादुर खड्काले गर्नु भएको थियो । कार्यक्रम कोषका सचिव श्री लाल बहादुर जी.सी.ले सञ्चालन गर्नु भएको थियो ।


हिजो १५ वडामा मात्र रहेको यो शैक्षिक विकास कोष अहिले आएर चन्द्रागिरि नगरभरी फैलिसकेको छ । यस्ता संस्थाले हामीभित्र रहेको दान गर्ने भावनालाई प्रोत्साहित गर्दछ, संस्थापक संरक्षक उत्तम बहादुर राउत भन्नुभयो । यस संस्था बनाउँदा जुन उद्देश्यले बनाइएको थियो, त्योभन्दा पनि राम्रोसँग आम नागरिकहरुबाट सहयोग आयो यसको लागि सम्पूर्णलाई धन्यवाद दिनुभयो । हामी अहिले वक्तित्वकला प्रतियोगिता गर्दैगर्दा आर्थिक, सामाजिक रुपान्तरणका लागि अहिलेको पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक भइसकेको जानकारी दिनुभयो ।

चन्द्रागिरि १० का वडाअध्यक्ष तथा यस संस्थाका वर्तमान संरक्षक घनश्याम लुइँटेलले शैक्षिक विकास कोषले समाजलाई योगदान गर्दै आएको कार्यक्रम विद्यार्थीहरुका लागि प्रतियोगितात्मक कार्यक्रम भए पनि हामीजस्ता जनप्रतिनिधिहरुलाई दिशानिर्देश गर्ने भावना आएको भन्दै यसका लागि सम्पूर्ण भाइबहिनीहरुलाई धन्यवाद दिनुभयो ।

Scroll to Top