वडा अध्यक्ष शैक्षिक विकास कोषले प्लस २ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । यस वर्ष पनि चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा रहेको वडा अध्यक्ष शैक्षिक विकास कोषले प्लस २ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
चन्द्रागिरि नगरपालिकामा स्थायी बसोबास गर्ने एसईई दिई बसेका विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि विगत वर्ष झै यस वर्ष पनि छात्रवृत्ति दिने जनाएको छ ।
चन्द्रागिरि नगरभित्र स्थायी बसोबास गर्ने तर आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत वर्षझै यस वर्ष पनि ११ र १२ को लागि छात्रवृत्तिको व्यवस्था गरिएको शैक्षिक विकास कोषका सल्लाहकार उत्तमबहादुर राउतले जानकारी दिए ।
इच्छुक विद्यार्थीहरुले यही असार १२ गतेसम्म कोषको कार्यालय चन्द्रागिरि १५ स्थित मुनाल क्लबमा आई नाम दर्ता गराउन समेत अनुरोध गरिएको छ ।
हाल यस कोषको समन्वय र सहकार्यमा रहेका विद्यालयहरु ज्ञानोदय मावि, वाफल, जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौं शिक्षा क्याम्पस, सतुंगल, प्रभात मावि, चेकपोष्ट, कंकाली मावि, पुरानो नैकाप, एभरेष्ट कलेज, सोल्टिमोड, सेन्ट्ल स्टेट कलेज, कालिमाटी, ब्राईट फ्युचर मावि, नैकाप र शान इन्टरनेशनल कलेज, नैकाप रहेका छन् ।

इच्छुक विद्यार्थीहरुले तलको फर्म भरेर बुझाउन हुन अनुरोध छ ।

Post

Scroll to Top