वडा नं ११ बालश्रम मुक्त वडा घोषणा

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ११ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

आज वडाको प्राङ्गणमा गरिएको एक औपचारिक कार्यक्रम मार्फत वडालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।

चन्द्रागिरिनगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमममा उपमेयर बसन्ती श्रेष्ठ , चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्याल तथा विभिन्न वडाका अध्यक्ष लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको ११ नं वडाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए !

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमेयर बसन्ती श्रेष्ठले हालसम्म ७ ओटा वडाले बालश्रम वडा घोषणा गरिसकेको र निकट भविष्यमै चन्द्रागिरि नगरपालिकाका १५ ओटै वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताइन् !

त्यस्तै , कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका बिस्तारै आधुनिक शहरको रूपमा विकास हुँदै गएको साथै यस नगरभित्र औद्योगिक एवम् व्यावसायिक गतिले तिव्रता लिइरहेको परिप्रेक्ष्यमा बालश्रमको अधिक जोखिम रहेको र त्यसलाई निराकरण गर्न नगरले गम्भीरतापूर्वक पहल गरिरहेको साथै हरेक वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने मात्रै नभई त्यस घोषणालाई कार्यान्वयन गर्न आफू तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा वडा नं ११ का वडा अध्यक्षले वडा अन्तर्गत रहेका व्यापारी तथा व्यवसायीहरूलाई वडाले घोषणा गरेको बालश्रम मुक्त वडा कायम राख्न कलिला बालबालिकाहरूलाई कुनैपनी श्रम क्षेत्रमा सहभागी नगराइदिन अनुरोध गरेका थिए ।

उक्त बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले साँस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

Scroll to Top