वर्ल्ड लिंकको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालत पुगेको मर्मत संभारको रोयल्टी बिबाद रिट खारेज भएको छ ।

इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको २०७६ मंसिर २३ गते, २०७७ असार ७ र २०७७ असार २४ गते दायर गरेर रिटलाई सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ । आइतबार हरि प्रसाद फुँयाल र नहकुल सुवेदीको इजलासले रिट खारेज गरेको हो ।

इन्टरनेट सेवा प्रदायकले साढे २ अर्ब रोयल्टी तिर्नु पर्ने

सर्वोच्चले वर्ल्ड लिंकका सबै रिटलाई खारेज गरेसँगै अब इन्टरनेट सेवाप्रदायकले रोयल्टी तिर्नुपर्ने भएको छ । अदालतको वर्ल्ड लिंकको रिट खारेजसँगै अब इन्टरनेट सेवाप्रदायकले तिर्नेपर्ने मर्मत संभार शुल्कको सबै रोयल्टी तिर्नुपर्ने भएको छ ।

वर्ल्ड लिंकले मुद्दा हारेसँगै अब सरकारले गरेको अध्ययन समितिले १० वर्षमा १० वटा इन्टरनेटले मात्रै साढे २ अर्ब रुपैयाँ रोयल्टी तिर्नुपर्ने भएको छ । यो मुद्दाको किनारा लागेसँगै अब इन्टरेट कम्पनीहरुसँगको रोयल्टी विवादसमेत सकिने भएको छ ।

Scroll to Top