विद्यार्थीले मनाए “गथामुग:”

कलंकी, काठमाडौं। जनपथ मा. वि. मा एक कार्यक्रमबीच “गथामुग:” मनाइएको छ । विद्यालयको कक्षा ५ का विद्यार्थीहरूको सहभागितामा गरिएको उक्त कार्यक्रममा “गथामुग:” बनाउने कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल भाषा अध्यापन गराउनुहुने शिक्षक रत्ना महर्जनले गथांमुग: किन मनाइन्छ भन्ने बारे बताउनु भएको थियो । कार्यक्रममा बोल्दै शिक्षक महर्जनले गथामुग: कायमचा नखः हो भन्दै अब यही पर्व देखि पर्वहरू सुरु हुने बताउनु भयो ।

कार्यक्रममा गथामुगः को भुमिका निभाएका विद्यार्थी राजलाई परम्परागत तरिकाले दही चिउरा ख्वाउने कार्यक्रम पनि भएको थियो ।

स्थानीय भाषा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न विद्यार्थीहरूलाई जात्रा मनाउन सिकाइने गरेको नेपालभाषा शिक्षक रश्मी नापितले बताउनु भयो ।

भूत प्रेत र पिचासले दुख नदिउन् भनेर यो पर्व बनाउने गरिन्छ ।कायमचा अर्थात् छोरा पर्वको रुपमा लिइने गथांमुगः अर्थात् घण्टाकर्णमा छोराको सांकेतिक चिन्ह पनि राखियो। फलाम वा पञ्चधातुले बनेको अंगुठी र मेहेन्दी लगाउनु यो पर्वको बिशेषता हो।

Scroll to Top