विश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्ला गर्दै, कुन कुन भाषा पढाइन्छ ?

काठमाडौं । विश्वभाषा क्याम्पसले अन्य भाषा सिक्नको लागि भर्ना फाराम खुलाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको विश्वभाषा क्याम्पसले प्रदर्शनीमार्गमा यहि साउन १४ गतेदेखि सो सम्बन्धी कार्यक्रम आयोजना गर्दैछ ।

उक्त नयाँ सेसनमा चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरविक, हिब्रु प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुको नयाँ भर्नाको लागि फाराम खुलाएको छ ।

विद्यार्थीहरुलाई आफूलाई पढ्न इच्छुक भाषा छनोट गरी असार १७ देखि २६ गतेसम्म फाराम बुझाउन पनि सूचना जारी गरिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने कक्षाको लागि अंग्रेजी लेखनबाहेक सबै भाषाको लागि एसएससी वा एसईईमा कम्तिमा पनि सी ग्रेड प्राप्त गर्नुपर्ने वा सो सरह उत्तीर्ण हुनेपर्नेछ ।

अंग्रेजी लेखनको लागि भने त्रिविबाट स्नातक वा सो सरह उत्तिर्ण हुनु पर्नेछ ।
अंग्रेजी र नेपाली भाषाबाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरु आवश्यक पर्ने भएकोले इच्छुक व्यक्तिहरुले क्याम्पस प्रशासनमा सम्पर्क गर्न पनि सूचित गरिएको छ ।

Scroll to Top