विश्व हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस ?

काठमाडौं । आज संसारभरी विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइदै छ । अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयोु भन्ने नाराका साथ हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसलाई नेपाली भाषामा जण्डिसु भन्ने गरिन्छ ।

सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्ने डाक्टरले बताएका छन् ।

सुरुवाती अवस्थामा शरीर पहेँलो हुन थालेमा त्यसको सही ढङ्गले उपचार नभएमा त्यसले क्रोनिक रूप लिन थाल्ने डाक्टरको भनाइ छ । यसका कारण कलेजोको क्यान्सरसमेत हुन सक्छ । ज्वरो आउनु, वाकवाकी लाग्नु, जिउ दुख्नु, शरीर पहेलो हुनु, पेट दुख्नुलगायत यसका लक्षण हुन् । पानी, असुरक्षित शारिरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।

हेपाटाईटिस ‘ए’ र ‘ई’ पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए/नभएको थाहा पाउन सकिन्छ । पानी उमालेर पिउन, असुरक्षितरुपमा यौन सम्बन्ध नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिसविरुद्धको खोप लगाउन तथा बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउन डाक्टरको सुझाव छ ।

हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा आवश्यक परामर्श लिन डाक्टरको सल्लाह छ ।

Scroll to Top