विष्णुदेवी तेक्वान्दो डोजाङले आयोजना गरेको बेल्ट तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । विष्णुदेवी तेक्वान्दो डोजाङले आयोजना गरेको बेल्ट तथा प्रमाणपत्र वितरण कार्यक्रम भब्य र सभ्य रूपले संम्पन भएको छ ।
कार्यक्रम विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समितिको भवनमा आयोजना भएको परीक्षामा विष्णुदेवी तेक्वान्दो डोजाङ, श्री विष्णुदेवी मा.वि, धौलागिरी तेक्वान्दो डोजाङ र ए वन तेक्वान्दो डोजाङका ११० जना खेलाडीहरूले भाग लिएका थिए ।
श्री विष्णुदेवी मा.विका प्रधानाध्यापक दिवाकर चौधरीको सभाअध्यक्षतामा भएको परीक्षामा विशेष अतिथिमा प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही, प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, विशेष अतिथिमा चन्द्रागिरि नगरपालिका १५ नम्बर वडा अध्यक्ष घनश्याम लुइँटेल, विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समितिका अध्यक्ष गौरी प्रसाद दवाडी, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य, अन्तराष्ट्रिय तेक्वान्दो निर्णायक, प्रशिक्षक, ब्ल्याक बेल्ट छैंठौ डान कुमार लामा घिसिङ, मुनाल क्लबका उपाध्यक्ष विष्णु कुमाल खड्का, पूर्व तेक्वान्दो खेलाड, विष्णुदेवी जम्माका प्रशिक्षक, स्काउट समितिका सदस्य, शिक्षक मुना कार्की, विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समितिका कोषाध्यक्ष भूपाल थापा, भकुन्डेचौर युवा समाजका अध्यक्ष विमोद के.सीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अभिभावकहरु र खेलाडी भाइबहिनीहरुको सहभागितामा कार्यक्रम समापन भएको थियो ।
परीक्षामा उत्तिर्ण खेलाडीहरुलाई बेल्ट र प्रमाण पत्र वितरण गरिएको थियो ।

Scroll to Top