श्रीमद्भागवत ज्ञान महायज्ञबाट अहिलेसम्म ६ लाख ९५ हजार ३ सय १३ रुपैयाँ रुपैयाँ संकलन

काठमाडौं : श्रीमद्भागवत ज्ञान महायज्ञबाट अहिलेसम्म ६ लाख ९५ हजार ३ सय १३ रुपैयाँ संकलन भएको छ ।
चन्द्रागिरि नगरपालिका ६ मा भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा भाद्र २०, २१ र २२ गतेसम्मको हिसाब सार्वजनिक गरिएको हो ।

जसमा भाद्र २२ गतेसम्म नगद ६ लाख ५६ हजार ३ सय ३ रुपैयाँ र चन्दा बाकसबाट ३९ हजार दश १० रुपैयाँ संकलन भएको संयोजक विवेक ढकालले शोणितपुर खबरलाई जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको “जेष्ठ नागरिक संस्था”ले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरि उक्त महायज्ञबाट संकलन भएको रकमले बहुउद्देश्यीय जेष्ठ नागरिक भवन निर्माण गर्ने लक्ष्यका साथ श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरिएको हो र यस कार्यक्रममा सम्पूर्ण नगरबासीहरूलाई सहभागी भइदिनुहुन चनपा ६ का वडा अध्यक्ष संजय सिग्देलले आव्हान समेत गरेका छन् !

कार्यक्रम भाद्र २० देखि २८ गतेसम्म संचालन हुनेछ ।

Scroll to Top