श्रीलंकालाई महिला एशिया कप टी-२० क्रिकेटको उपाधि

काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । 

फाइनल खेलमा श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । 

भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । 

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् ।

त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

Scroll to Top