सँझ्या साहित्य कार्यक्रम सम्पन्न

काठमाडौं । सँझ्या साहित्यले नियमितरुपमा गर्दै आइरहेको सँझ्या साहित्य कार्यक्रम असार २२ गते शनिबार सम्पन्न गरेको छ ।
सह आयोजक चाक्ला फल्चा, The फल्चा For Creative Discussions, De Beanz N Bitez, Shankhadhar Chowk, Madhyapur Thimi 44800 को भेन्यु सौजन्यमा सो कार्यक्रम गरिएको हो ।

निरन्तरको झरी र वर्षाको माधुर्य सङ्गीतमा तीन पुस्ताका तीन कविले आफ्ना पाँच , पाँच कविता सुनाएका थिए ।

फरक परिवेश, फरक समय, र फरक विचारसहित कविता लेखिरहेका कविहरू नन्दु उप्रेती, राधिका कल्पित र बाबुराम श्रेष्ठले १५ ओटा कविता सुनाएका थिए !

उक्त कार्यक्रममा अग्रज पुस्ताका कवि नन्दु उप्रेतीले –
“पोखरीमा डुबेको आकाश”
“मेरी प्रेमिका”
“मेरो प्यारो काठमाडौँ”
“माकुराकी आमा”
“आमा र म” गरी पाँच कविता सुनाएका थिए ।

त्यस्तै कवि राधिका कल्पितले –
“सक्दिन म कविता लेख्न”
“पिता, पति र पुत्र”
“श्वेत संवेदना”
“मलाई तिम्रो मौनतासित डर थियो”
“सिद्धार्थले नचिनेकी यशोधरा” गरी फरक स्वाद र विषयका पाँच कविता सुनाएकी थिइन् ।

त्यस्तै पछिल्लो पुस्ताका कवि बाबुराम श्रेष्ठले –
“छम्कली रोकाया”
“एक्लै”
“देशको अनुहार”
“कागज”
“प्रिय अतीत” गरी आफ्ना पाँच कविता सुनाए ।

सन् २०१४ (२०७१) मंसिर ८ गतेदेखि शुरुवात गरिएको सो कार्यक्रम ३ पुस्तालाई समेट्दै , समावेशी कार्यक्रमको नमूनाको रुपमा नियमित संचालन हुँदै आएको छ ।

कार्यक्रमको मूल नारा “कला र कविताका लागि सँझ्या साहित्य” रहेको र यसमा तीन फरक पुस्ताका एक महिला अनिवार्य जातीय समावेशीतासहितलाई ध्यानमा राखी मासिक कार्यक्रम गर्दै आइरहेको आयोजक सदस्य तथा प्रखर कवि समेत रहेका रामगोपाल आशुतोषले जानकारी दिए ।

Scroll to Top