संविधान संशोधन सबै राजनीतिक दलबीच संवाद र सहमतिमै गर्छौं : सभापति देउवा

काठमाडौं : आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै सभापति देउवाले सबै दलहरूबीच संवाद र सहमतिबाटै संविधान संशोधन हुने बताएका हुन् ।

देउवाले ओली नेतृत्वको सरकारले जनताको आशा र भरोसा जगाउने गरी सरकारले काम गर्नेमा विश्वास व्यक्त गरे।

मुलुकमा दिगो शान्ति कायम गर्दै देशभित्र रोजगारीका अवसहरू सृजना गर्नेछ। यसबाट राजश्व थप वृद्धि भइ विकास निर्माणका कामहरू गर्न सकिने सभापति देउवाको भनाइ छ।

उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने विश्वास व्यक्त गरे।

Scroll to Top