सडक पीडित संघर्ष समितिले अन्तर्कृया गर्ने

काठमाडौं । लामो समयदेखि विवादमा रहेको त्रिभुवन राजमार्ग विस्तार र मुआब्जा सम्बन्धी विषयमा अन्तर्कृया कार्यक्रम हुने भएको छ !

“उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति खोला मापदण्ड समूह”ले भाद्र ७ गतेका लागि छलफल तथा अन्तर्कृया आव्हान गरेको हो !

आयोजक समितिका शान्तप्रकाश श्रेष्ठले शोणितपुर खबरलाई दिएको जानकारी अनुसार उक्त अन्तर्कृयामा लामो समयदेखिको त्रिभुवन राजमार्ग विस्तार सम्बन्धी सडक विवाद, मापदण्ड, मुआब्जा तथा हालसालै सुचित खोला करिडोरको मापदण्डका कारण सरोकारवालाहरूको निजि सम्पत्तिमा पर्नजाने असर लगाएत सम्बन्धमा छलफल हुनेछ ।

अन्तर्कृयामा सरोकारवालाहरु र विभिन्न पार्टीका प्रतिनिधिहरु, अभियन्ताहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि आव्हान
गरिएको छ ।

कार्यक्रम कालिमाटी स्थित रिसेप्सन एण्ड इभेन्टस्मा दिउँसो ४ बजे हुनलागेको हो !

Scroll to Top