सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अङ्क ९४ प्रतिशत० बढेको छ ।

२१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

Scroll to Top