सप्तकोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ वटै ढोका खुले

काठमाडौं । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।

Scroll to Top