सरकारमा जाँदा गाली मात्र खाएः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन् ।

रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन् ।

दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ । केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं,’ सभापति लामिछानेले भने ।

साथै उनले वर्षाै काम गरेको भनेर आफ्नै पार्टीका साथीहरुले योगदानको मूल्य माग्न थालेको आरोप लगाए ।  उनले भने, ‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौं कार्यकर्ताको भारी बोक्नु परेको छ ।

उनले यसरी पार्टीमा योगदान दिनेहरूलाई राज्यको सम्पत्तिबाट पाल्नु परेको जिकिर गरे । उनले राज्यको स्रोतबाट आफ्ना मानिसहरू पालिने यो सिलसिला नियुक्ति हुनेसम्म पुगेको बताए ।

Scroll to Top