साउन ११ देखि २६ सम्म धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने

काठमाडौं । । ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । 

सांस्कृतिक तथा व्यापारिक महोत्सवको सह आयोजक ललितपुर महानगरपालिका वडा नं. २३ र २४ रहेका छन् । ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालय सातदोबाटोले महोत्सवमा विशेष सहयोगीको भूमिका निर्वाह गर्नेछ ।

कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा साउन ११ देखि २६ सम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 
सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा हुन लागेको सांस्कृतिक तथा व्यापारिक महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायत आकर्षण रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । 

स्थानीय स्तरको कृषि, प्राकृतिक, सांस्कृतिक, धार्मिक समूहद्धारा स्थानीय तहबाट लिएका सीपमूलक तालिमबाट उत्पादित सामग्री, हस्तकलाका सामानहरु तथा महिला समूहबाट उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसारसहित बजारीकरणमा सघाउन महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ । 

महोत्सवमा साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले बताए । साउन १८ , १९ २५ र २६ गते का दिनमा मात्र महोत्सव मेलास्थलमा प्रवेश शुल्क लाग्ने अन्य दिनहरूमा निःशुल्क प्रवेश पाइने आयोजकले जानकारी दिएका छन् । 

Scroll to Top