साउन २० गते रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइने

काठमाडौं । आउँदो आइतबार साउन २० गते रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइने भएको छ ।

भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरयण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ । साथै ललितपुरकी जीवित देवी कुमारी र ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा पुर्‍याइने गरिन्छ ।

भोटो जात्राको दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ ।

Scroll to Top