सार्वजनिक सूचना सम्बन्धी प्रहरीसँग नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

कीर्तिपुर न.पा. वडा नं.०६ को वडा कार्यालयमा प्रहरी वृत्त, कीर्तिपुरले सूचनाको हक सम्बन्धि विभिन्न ऐन अनुसार प्रहरी सेवा प्रवाह तथा प्रहरी काम कारवाही , कर्तव्य लगायतका विषयमा सार्वजनिक महत्वको सूचनाको सम्प्रेषण तथा प्रहरीसँग नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ !

काठमाडौं जिल्ला प्रहरी परिसरका उपरिक्षक नवराज अधिकारीको अध्यक्षतामा गरिएको सो कार्यक्रममा काठमाण्डौ क्षेत्र नं. १० का संघीय सांसद राजन केसी प्रमुख अतिथी रहेका थिए ।

त्यस्तै , बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य पुकार महर्जन र दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत विशिष्‍ट अतिथी रहेको उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि , संचारकर्मी तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Scroll to Top