सिंहदरबारभित्र सेयर कारोबार: टीएमएस बन्द गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ ।

कार्यालय समयमा सरकारी कर्मचारीले सेयर कारोबार गरेको भन्दै अख्तियारमा उजुरी परेपछि सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गराउन लागेको हो ।

अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउने गरी पत्राचार गर्न लागेको हो । अख्तियार स्रोतका अनुसार भोलि यसबारे पत्राचार हुँदैछ ।

सिंहदरबारभित्र कर्मचारीहरु कार्यालय समयमा काम छाडेर सेयर किनेबेचमा तल्लिन भएपछि सरकारी काम प्रभावित बन्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

Scroll to Top