सुमेरु सहकारी कालिमाटीका दुई सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान थालेको छ ।

सहकारीका कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जन पक्राउ परेका हुन् । सो सहकारीमा सर्वसाधरणको एक अर्बभन्दा धेरै रकम डुबेको छ ।

सहकारीका सञ्चालकविरुद्ध ५८ सदस्यको १५ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी परेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । 

Scroll to Top