सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक बिदा

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । 
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्ठिको दिन सार्वजनीक बिदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । 
‘मन्त्रिपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्ठिको दिन  सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।’ उनले भने ।
सोमबार राति निधनभएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । उनका छोराहरु देशबाहिर रहेकाले अन्त्येष्ठिको दिन तोकिएको छैन । 

Scroll to Top