सेयर बजारमा ११३ अंकको वृद्धि, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं  । आइतबार दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको सेयर बजार ११५ अंकले बढेको छ । 

आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै दोस्रो सर्किट ब्रेकसमेत लागेको थियो । त्यसपछि ४० मिनेटपछि खुलेको बजार उतारचढावमा अघि बढ्दै उचाइतर्फ नै देखियो ।

आइतबार ११३.०७ अंकले बढेर बजार २६८१.५६ बिन्दुमा पुगेको छ ।

आइतबार पहिलो सर्किट ब्रेक लाग्दा बजार १०२.६८ अंकले बढेर २६७०.८२ बिन्दुमा पुगेको थियो भने दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंकले बढेर २६९७.२१ बिन्दुमा पुगेको थियो ।

Scroll to Top