सोमबार मध्यरातबाट एक हप्ता सरकारी खाता बन्द हुने

काठमाडौं । आउँदो सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताको लागि बन्द हुने भएको छ ।
भोलि असार २४ गतेको रातिदेखि बजेट भुक्तानी नहुने भएको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दिइसक्नुपर्ने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता रिजालले जानकारी दिए ।

Scroll to Top