सौर्यको जहाज दुर्घटना: जहाज सी-चेक गर्न पोखरा जाँदै थियो, के हो सी-चेक ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भयानक दुर्घटनामा पर्‍यो ।

जहाज ‘कम्प्लिट चेक’ (सी-चेक) अर्थात् पूर्णमर्मत गर्न पोखरा जाँदै थियो ।’ उड्डयन नियम अनुसार कुनै पनि जहाज ५ हजार घण्टा उडेपछि सी–चेक गर्नुपर्ने हुन्छ। यो जहाजको उडान गर्ने समय अझै १ सय १९ घण्टा बाँकी नै थियो ।

मर्मत गर्न जाने जहाजमा प्राविधिक व्यक्तिबाहेक अरू कोही पनि सवार हुन पाउँदैन । मर्मतमा लगिने जहाजलाई मर्मत गर्ने ठाउँसम्म उडाएर लैजानुलाई ‘फेरी फ्लाइट’ भनिन्छ ।

Scroll to Top