सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइदै

काठमाडौं । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइने भएको छ ।

हिजो काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो । उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए ।

Scroll to Top