स्क्र्यावल टिम श्रीलंका जाँदै

काठमाडौं । यस वर्ष श्रीलंकामा हुने “विश्व युवा स्क्र्याबल च्याम्पियनसिप – २०२४” मा स्क्र्यावल क्लवको अध्यक्ष श्री केशव प्रसाद पराजुलीको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै ८ जना खेलाडी र ८ जना अफिसियल भदौ २० गते श्रीलंका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । खेलाडी तथा अफिसियलहरुलाई भदौ २० गते विहान शिक्षा मन्त्री तथा अमेरिकन राजदुतावासले विदाई कार्यक्रम राखेको जानकारी स्क्र्यावल क्लवका सह कोषाध्यक्ष नविन पन्तले जानकारी दिए ।
यसका अलावा नेपाली खेलाडीहरूले अनलाईन स्क्र्यावल प्रतियोगितामा समेत उल्लेख्य प्रदर्शन गर्दै आएका छन् । यसरी अन्तर्राष्ट्रिय स्क्र्यावल मञ्चहरुमा औपचारिक रूपले नेपाली झण्डा फहराउन तयार पार्ने जिम्मेवारी पनि यसै सँस्थामा आएको छ ।

जसमा, चन्द्रागिरि नगरपालिकाबाट स्क्र्यावल क्लबका सल्लाहकार तथा ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहन कार्की, पथिक ज्ञान निकेतनका प्रधानाध्यापकका साथै प्रशिक्षक सारदा श्रेष्ठ र खेलाडी आसुतोष लामिछानेको सहभागी रहने छन् ।

स्क्र्यावल खेललाई नेपालीमा कोठेपद भनेर बुझ्ने गरिन्छ !

Scroll to Top