८० वटा खानी खोजतलास गर्न खानी तथा भूगर्भ विभागले दियो अनुमति

काठमाडौं । देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।

सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ। चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए।   

Scroll to Top