८४ को निर्वाचनमा कांग्रेस एक्लै लड्ने

काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गरिएको छ।

साथै नेपाली कांग्रेसले २०८४ को निर्वाचन एक्लै लड्ने गरी पार्टी संगठनलाई बलियो बनाएर लैजाने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपश्चात बोल्दै प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाको प्रस्तावमाथि छलफल गर्दै संगठनलाई चलायमान बनाउने र सक्रिय सदस्य नवीकरण गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।

उनले ८४ मा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा पार्टीलाई एकीकृत बढाएर अगाडि एक्लै जित्न सक्ने वातावरण बनाउन लाग्ने निर्णय भएको बताए । महतले संगठन अभियानलाई अगाडि बढाउने निर्णय गरेको बताए ।

Scroll to Top