९ अर्बको तयारी पोशाक निर्यात, सबैभन्दा बढी जर्मनी, अमेरिका र बेलायतमा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट ९ अर्ब रुपैयाँ बढीको तयारी पोशाक निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा ९ अर्ब २ करोड ८ लाख रुपैयाँको १ करोड २८ लाख ३२ हजार पिस तयारी पोशाक निर्यात भएको छ ।

नेपालले उत्पादन गरेको तयारी पोशाक सबैभन्दा बढी जर्मनी, अमेरिका र बेलायतमा निर्यात हुने गरेको पाइएको छ । नेपालले चालु आवको ९ महिनाको अवधिमा ९ अर्बको तयारी पोशाक निर्यात गर्दा जर्मनीमा १ अर्ब ७४ करोड २६ लाख रुपैयाँको ११ लाख ३९ हजार पिस निर्यात गरेको छ । त्यस्तै अमेरिकामा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँको ३० लाख २० हजार पिस तयारी पोशाक निर्यात भएको छ । बेलायतमा १ अर्ब २९ करोड ९८ लाख रुपैयाँको १५ लाख ९५ हजार पिस निर्यात भएको विभागले जनाएको छ ।

नेपालले चालु आवको ९ महिनाको अवधिमा ९ अर्बको तयारी पोशाक निर्यात गर्दा जर्मनीमा १ अर्ब ७४ करोड २६ लाख रुपैयाँको ११ लाख ३९ हजार पिस निर्यात गरेको छ ।

त्यस्तै नेपालले ९ महिनाको अवधिमा अष्ट्रेलियामा २१ करोड ७५ लाख रुपैयाँको ४ लाख १९ हजार पिस, अष्ट्रियामा १४ करोड ८५ लाख रुपैयाँको १ लाख ४७ हजार पिस, बेल्जियममा ३ करोड ९८ लाख रुपैयाँको ३३ हजार पिस, भुटानमा ९८ लाख रुपैयाँको ५० हजार पिस, ब्राजिलमा १२ लाख रुपैयाँको ५ हजार पिस, बुलगेरियामा २९ लाख रुपैयाँको ५ हजार पिस र क्यानाडामा ३१ करोड २८ लाख रुपैयाँको ४ लाख ८ हजार पिस तयारी पोशाक निर्यात गरेको छ ।

त्यस्तै चीनमा १३ करोड १३ लाख रुपैयाँको २१ लाख ८१ हजार पिस, क्रोसियामा १५ लाख रुपैयाँको ३ हजार पिस, चेक रिपब्लिकमा ९ करोड ३० लाख रुपैयाँको १ लाख २२ हजार पिस, डर्नमार्कमा १६ करोड ९७ लाख रुपैयाँको १ लाख ११ हजार पिस, इस्टोनियामा ३१ लाख रुपैयाँको २३ हजार पिस, फिनल्याण्डमा २ करोड ९२ लाख रुपैयाँको २२ हजार पिस, फ्रान्समा ८० करोड ४८ लाख रुपैयाँको ३ लाख ९० हजार पिस र जोर्जियामा ४३ लाख रुपैयाँको १४ हजार पिस तयारी पोशाक निर्यात गरेको छ ।

Scroll to Top