नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको शान्ति कविता गोष्ठी सम्पन्न

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले शान्ति कविता गोष्ठी सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष मोमिला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा १५ जना कविहरूले आफ्ना कविता वाचन गरेका थिए । सो अवसरमा कलाश्री साहित्य वार्षिक एवं ई. पत्रिका लोकार्पण पनि गरिएको थियो । लोकार्पित ई. पत्रिकाबारे डा. गोविन्द भट्टराईले बोल्नुभएको थियो । बर्षभरि प्रकाशित सिर्हजनारू मध्येबाट कवि शकुन्तला जोशीलाई कलाश्री सिर्जना पुरस्कार २०७९ प्रदान गरिएको थियो । कवि उषा शेरचन, प्रतिक ढकाल, सोझो गाउँले, मौन आवाज, कविता राई लगायत १५ जना कविहरूले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख संरक्षक डा. विमल कोइरालाले साहित्य सभ्यताको परिचायक भएको र यसलाई पनि मौद्रिकीकरण गर्न सकिने हुँदा यो अनुत्पादक क्षेत्र नरहेको बताउनु भयो । प्रमुख अतिथि तुलसी दिवसले कविताकै कारण आफू ९० भन्दा बढी देश घुमेको स्मरण गर्दै कविता भन्दा पनि कविता सिर्जना गर्ने कविलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो । उहाँले कविले ताली पाउनका लागि नभई आफ्नो पन दिन सक्ने गरी लेख्नुपर्ने बताउनु भयो । कवि कुनै राजनितिक पार्टिको कार्यकर्ता जस्तो नभई स्वतन्त्र हुनुपर्ने र कवितालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो ।

सो कार्यक्रम पर्यटनबोर्डको सभाहलमा सम्पन्न भएको थियो ।

Scroll to Top