पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्न ६ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं : पशुपति गौशाला धर्मशाला विवादका विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ। मन्त्रालयको सोमबार बसेको बैठकले सहसचिव एवं संस्कृति महाशाखाका प्रमुख अध्यक्ष रहनेगरी ६ सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा […]

नेपालको माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित

काठमाडौं ।  नेपालले माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित निकाल्दै साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइन सम्भावना बलियो बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई फराकिलो जित दिलाउन रेखाले पाँच गोल गरिन् । यस्तै, प्रीति राईले ह्याट्रिक गर्दा सविता रानामगर, अनिता केसी र अमिषा कार्कीले एक–एक गोल गरिन् । खेलको अधिकांश समय आक्रमण बुनेको […]

कीर्तिपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । जसमा काठमाडौँको कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर बस्ने तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद […]

नेकपा माओवादी केन्द्र ०६४ फर्किन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा ०६४ कै जनमतमा फर्किने बताएका छन । त्यसैका लागि अहिले माओवादी केन्द्र जनताका समस्या सुन्ने र संगठन बलियो बनाउने तिरै केन्द्रित रहेको उनको भनाइ छ । सोमबार जुम्लाको कनकासुन्दरी गाउँपालिका –६ स्थित गोरूचौरमा आयोजित जनसभालाई संबोधन गर्न जुम्ला पुगेका प्रचण्डले पत्रकार भेटघाटका क्रममा २०८४ को निर्वाचनमा […]

‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले बुझायो प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र

नेपाल संवत् न्यूदयाँ तयारी काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही […]

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खुल्यो

हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको […]

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए । […]

राहत र पुनः स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताउनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जारकोट केन्द्रविन्दु भई गत वर्ष […]

काव्यचित्र – सिर्जना शिविर हुने

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र एपेक नेपालको संयुक्त आयोजनामा काव्यचित्र – सिर्जना शिविर हुने भएको छ । आउने शुक्रबार दिनको २ : ३० बजे नाफा , बालमन्दिर नक्सालमा देशका चर्चित कवि र चित्रकारहरूको सहभागितामा स्थलगत काव्य – चित्र सिर्जना कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् ।