November 11, 2024 5:01 PM
युनिकोड टु प्रिती

आइएसएफ जिमनासियाड २०२४ बक्सिङ च्याम्पियनसिपमा चन्द्रागिरिका दुई खेलाडी फाइनलमा

काठमाडौं । बहराइनमा जारी आइएसएफ जिमनासियाड २०२४ बक्सिङ च्याम्पियनसिपमा सेमिफाइनल खेलमा ब्राजिलकी खेलाडीलाई ५४ केजीमा पराजित गर्दै नेपाली खेलाडी स्वस्तिका तिरुवा बान्टम तौल १६ /१७ तौल समूह अन्तर्गत फाइनलमा पुगेकी छिन् । भोलि ब्राजिलकै ओलिभियासँग उनले फाईनल खेल्नेछिन् । त्यस्तै, नुम्बु थेन्दुप १७/१८ तौल समूहमा फाइनलमा पुगेकी छिन् । उनको पनि फाईनल खेल भोलि हुने […]

यसपालिको नेपाल सम्वत् (न्हुँ दँ ११४५) बोसीगाउँले आयोजना गर्दै

काठमाडौं । चन्द्रागिरिमा कार्तिक १७ गते नेपाल संवत् ( न्हूँ दँ ) नयाँ वर्ष ११४५ भव्य रुपमा मनाइने भएको छ । चन्द्रागिरि नगरपालिका–१० स्थित ‘नेपाल भाषा कला संस्कृति र संरक्षण तथा प्रवर्द्धन समिति’ले मोटरसाइकल र्‍याली र विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल संवत् मनाउने तयारी गरेको छ । म्ह: पुजाको दिन अर्थात् नेपाल संवत् सुरु हुने […]

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलको टिकट बिक्री स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलको टिकट बिक्री स्थगित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको भारत र नेपालको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले बताएको छ । माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत् ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो। […]

एमालेलाई दानको जग्गामा तत्काल भवन निर्माण नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले यो विवादमा रिट दायर गरेका थिए भने सर्वोच्चले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । गुरुङले […]

काभ्रेमा बुद्धचित्तको बोट काट्ने र चोर्ने ३ जना पक्राउ

काभ्रेको रोशी गाउँपालिका-५ मा रहेको ठकुरानी तामाङको बुद्धचित्तको बोट काट्ने गिरोहका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका-५ निवासी ४१ वर्षीय सागर भनिने राधाकृष्ण मैनाली, सोही वडाकै २७ वर्षीय विजय हुमागाईंलाई गत १० गते पक्राउ गरेको काभ्रे प्रहरीले जनाएको छ । रोशी-५ नागबेलीस्थित ठकुरानी तामाङको घरमा रहेको करोडौँ मूल्यपर्ने बुद्धचित्तको रुख गत […]

लाजिम्पाटमा पार्किङस्थलमै जग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा नुवाकोटका एक जग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार भएको छ । आपराधिक पृष्ठभूमिको समूहले नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आइतबार लाजिम्पाटस्थित एक अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार गरेको हो । प्रहरीका अनुसार चारजनाको समूहले लामामाथि रड प्रहार गरेको खुलेको छ । रड प्रहारबाट घाइते व्यवसायी लामाको अवस्था गम्भीर छ । उनको चक्रपथस्थित […]

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११:३७ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने […]

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमालेको जनसङ्गठन रहेको महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार ः सबल निजी क्षेत्र र […]

माइतीघरमा रास्वपाको आन्दोलन आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) पार्टीका  सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध आज पनि विरोध प्रदर्शन गरेको छ ।   लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन जारी राखेको  हो । प्रदर्शनमा सहभागीहरुले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर,सरकार तिम्रो […]

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

काठमाडौं : नेपाल महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो । नेपालले उपाधिका लागि बिहीबार साविक विजेता बंगलादेशको सामना गर्ने छ । आइतबार नै भएको सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा […]